काठमाडौं । हाल प्रदर्शनरत नेपाली कथानक चलचित्र ‘सिटामोल’ को दश वर्षे जनयुद्धको दृश्यले डा. बाबुराम भट्टराईलाई भावुक बनाएको छ । उक्त चलचित्र हेर्न
पूर्वप्रधानमन्त्री भट्टराईसहित पत्नी तथा पूर्वमन्त्री हिसिला यमी पनि पुगेकी थिइन् ।
फिल्म हेरिरहँदा आफू धेरैपटक भावुक भएको उल्लेख गर्दै भट्टराईले भने, “पहिलोपटक यतिधेरै आँसु झ¥यो। यसैबाट बुझ्नुस् यो सिनेमाको उत्कृष्टता हो। मैले हेरेका सिनेमाहरूमध्ये यो उत्कृष्ट लाग्यो।”
उनका अनुसार फिल्मको विषयवस्तु, कथानक, कलाकारको अभिनयदेखि गीत–संगीतसम्म सबै पक्ष उत्कृष्ट छन्। तर यस्ता फिल्मले विदेशीसँग प्रतिस्पर्धा गर्न नसक्नु दुःखद भएको उनको टिप्पणी छ। उनले राज्यले कर छुट तथा हलमा विशेष सुविधा दिनुपर्ने सुझाव पनि दिए।
भट्टराईले २०४८ सालमै नेपाली फिल्मलाई संरक्षण गर्नुपर्ने आवाज आफूहरुले उठाएको स्मरण गर्दै, “माओवादी पूर्वलडाकुको कथा देखाइएको यो फिल्मले गणतन्त्रको पृष्ठभूमि सम्झाइदिन्छ, तर अझै पनि त्यो लक्ष्यलाई समृद्धिमा परिणत गर्न नसकिएको छ,” भने।
भट्टराईले फिल्मका निर्देशकलाई विशेष धन्यवाद दिएका छन्। सौगात मल्ल र बेनिशा हमालको शीर्ष भूमिका रहेको ‘सिटामोल’ अहिले देशभरका हलमा प्रदर्शन भइरहेको छ ।
हेर्नुहोस् भिडियो








प्रतिक्रिया