ललितखबर
गएको केही समयदेखि चलचित्र माग्नेराजाको विषयवस्तुमाथि चर्चा नै भएन । सिनेबजारमा माग्नेराजाका फरक गसिप र विवादले ठाँउ ओगट्यो । चलचित्रको विषयबस्तु र कलाकारहरुबारे चर्चा नै भएन ।
चलचित्र माग्नेराजामा अभिनय गर्ने कलाकारहरुबारे केहीे रहस्यहरु भेटिएको छ ।
चलचित्रमा निर्माता मुनाल घिमिरे र निर्देशक ऋषि लामिछानेले समेत अभिनय गरेका छन् । चलचित्रमा छोटो भूमिकामा देखिएका उनीहरुको अभिनय शिल्प समेत राम्रो नै देखिएको छ ।
चलचित्र ‘माग्नेराजा’की कलाकार पवित्रा साकी अर्थात् पिस पविले अभिनय गर्नै नसकेकोले निकालिएको भन्दै समाचारहरु प्रकाशित भएका थिए । उनले एउटा दृश्यका लागि ५ सय टेक लिइएको भन्दै चर्चा समेत सुनियो । यस विषय सार्वजनिक भएपछि स्वयम् कलाकार साकीले समेत असन्तिुष्टि व्यक्त गरेकी थिइन् । तर उनले अभिनय गरेको सिनहरु चलचित्रमा राखिएको छ ।
चलचित्रमा अभिनेता आर्यन सिग्देल समेत विशेष भूमिकामा अभिनय गरेको पाइएको छ । यो विषय चलचित्रको निर्माण पक्षले प्रचार गरेको थिएन । चलचित्र प्रर्दशनको क्रममा उनले एउटा सामान्य पात्रको रुपमा छोटो भूमिकामा अभिनय गरेका हुन् । भूमिका सामान्य र छोटो भए पनि उनी आगामी सिक्वेलमा अटाउन सक्ने भने आकलन गर्न सकिन्छ ।
अभिनेता केदार घिमिरे प्रभावकारी पात्रको रुपमा अभिनय गरेका छन् । अभिनेत्री वर्षाको भूमिका भने तुलनात्मक छोटो भूमिका रहेको छ । उनको चलचित्रमा प्रवेश मध्यान्तरपछि मात्रै हुन्छ ।
चलचित्रमा पछिल्लो समय युट्युवमा सक्रिय सञ्चारकर्मी राधिका कँडेल र थुप्रै युट्युवरहरु समेत देखिन्छन् ।








प्रतिक्रिया