चलचित्र ‘आ बाट आमा’ को चितवनबाट छायांकन सुरु भएको छ ।
चलचित्रको बिहीबार तनहुँको गलेश्वर मन्दिरमा विधिवत् शुभ मुहूर्त गरिएको थियो ।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्र ‘आ बाट आमा’ को करिब २ सय जना बटुकहरुले हवनसहित पूजाआर्चना गरी चलचित्रको मुहूर्त गरेका थिए।
चलचित्रका निर्देशक चन्द्र पन्तले चलचित्रको छायांकन तालिका करिब एक महिनाको रहेको जानकारी दिएका छन्। उनका अनुसार चितवन, काठमाडौं र भारतको हैदरावादमा चलचित्र खिचिनेछ।
चलचित्रमा अभिनेता पल शाह, दक्षिण भारतीय कलाकार प्रदीप रावत, विपना थापा, सिम्रन पन्त, उषा उप्रेतीलगायत मुख्य भूमिकामा देखिनेछन्। मुहूर्त कार्यक्रममा प्रदीप रावतसहित गजित बिष्ट, माओत्से गुरुङ लगायतको उपस्थिति थियो।
‘आ बाट आमा’ ले आमा र सन्तानबीचको स्नेह र सम्बन्धको भावनात्मक कथा बोकेको निर्माण पक्षको भनाइ छ।
चलचित्रका निर्माता कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने र प्रकाशजंग कुँवर हुन् भने कार्यकारी निर्माता करण सिंह रहेका छन्।
चलचित्र २०८२ फागुन १५ गतेबाट देशभर प्रदर्शनमा आउनेछ।








प्रतिक्रिया