काठमाडौं
नेपाली चलचित्रमा नयाँ हिरो र हिरोयन प्रेमजोडी को रुपमा आकृती राजभण्डारी र अभिषक खड्काको प्रवेश भएको छ ।
निर्देशक दिनेश राउतले आफ्नो नयाँ चलचित्र ‘कुमारी’ को घोषणा गरेका छन् । काठमाडौंको टुँडिखेलमा एक भव्य कार्यक्रमको आयोजना गरी चलचित्रका लागि उनीहरुको नयाँ पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा उनीहरु मायालु जोडीको रुपमा देखिन्छन् । चकलेटी फेस भएका हिरो अभिषेक खड्का नेपाली चलचित्र क्षेत्रमा चल्तीका हिरोहरुलाई उनी चुनौती हुनसक्ने आकलन गरिएको छ ।
आकृती यसअघि चर्चित गायक सुशान्त केसीको गीत नजिक आउ नजिक आउ न मा अभिनय गरेकी थिइन् ।
‘आइ एम सरी’ बाट निर्देशन सुरु गरेका निर्देशक राउत, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल प्रेमकथामा आधारित चलचित्रका लागि चिनिन्छन् । यद्यपि, उनले हालसालै ‘पर्व’, ‘महाभोज’, ‘प्रसाद’, ‘प्रकाश’, र ‘पुजार सार्की’ जस्ता सामाजिक विषयवस्तुमा आधारित चलचित्र पनि निर्देशन गरेका छन् ।
दर्शकको चाहनाअनुसार आफू फेरि प्रेमकथामा फर्किएको उनले बताएका छन् । निर्देशक राउतले ’कुमारी’को निर्माण ’पुजार सार्की’ चलचित्रभन्दा अगाडि नै थालेका थिए, तर विविध कारणले अहिले छायाङ्कनमा जान लागेको हो ।
‘कुमारी’ को निर्माण बिनिश इन्टरटेन्मेन्टले गरिरहेको छ भने पिक्चर फ्रेमको सहकार्य रहनेछ। यसका निर्माता महेन्द्र अधिकारी हुन् भने कथा विकास सुवेदीले लेखेका छन् । चलचित्रमा अबिशेक र आकृतिबाहेक घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, भूपी लुहार लगायतका कलाकारको पनि अभिनय रहनेछ ।
चलचित्रको छायाङ्कन यसै हप्तादेखि काठमाडौंमा सुरु हुने बताइएको छ र यसै वर्ष प्रदर्शन गर्ने योजना रहेको निर्माण टिमले बताएको छ ।








प्रतिक्रिया