काठमाडौं
चलचित्र ‘बलिदान’ अमेरिकाको २ सयभन्दा बढी हलमा प्रदर्शनको तयारीमा छ ।
नेपाली चलचित्र ‘बलिदान’ ले अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रको लागि इतिहास रचेको निर्देशन सन्तोष सेनले बताएका छन् ।
चर्चित अभिनेता समीर भट्टको अभिनय रहेको चलचित्र पहिलो पटक अमेरिकाको सबैभन्दा ठुलो सिनेमा चेन एएमसीमा प्रदर्शनमा आउन लागेको छ । चलचित्रले हलहरूमा एक हजार भन्दा बढी शो सहित देखाइने अपेक्षा गरिएको निर्देशक सेनले बताए ।
यसअघि कुनै पनि नेपाली चलचित्र एएमसी चेनमा प्रदर्शन नभएको इतिहास छैन । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पु¥याएको दाबी गर्दै एएमसी मात्र नभई सिनेमार्क, मार्कस र रेगलजस्ता अन्य प्रतिष्ठित अमेरिकी सिनेमा चेनहरूमा समेत ’बलिदान’ प्रदर्शन हुने उनको भनाई छ ।
चलचित्रमा समीरका साथै, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी, सन्तोष सेन लगायतको अभिनय रहेको छ।
आशुसेन फिल्म्सको प्रस्तुतिमा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी कार्यकारी निर्माता रहेको ’बलिदान’लाई नेपाली चलचित्रको साहसी कदमको रूपमा लिइएको छ।
यस वर्षको दसैँको फूलपातीको दिन प्रर्दशनको तयारीमा छ ।








प्रतिक्रिया