५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘माइतीघर’ निर्माता रोहित अधिकारीद्वारा‘बलिदान’ टिमविरुद्ध साइबर ब्यूरोमा जाहेरी



काठमाडौँ । चलचित्र ‘माइतीघर’ का निर्माता रोहित अधिकारीले चलचित्र ‘बलिदान’ टिम तथा त्यसका निर्माता–निर्देशक सन्तोष सेनविरुद्ध साइबर ब्यूरोमा जाहेरी दर्ता गराएका छन्।

आफ्नो चलचित्रलाई सामाजिक सञ्जालमा गाली गरिएको भन्दै अधिकारीले मंगलबार भोटाहिटीस्थित साइबर ब्यूरोमा जाहेरी दिएका हुन्। अधिकारीका अनुसार पटक–पटक ‘बलिदान’ टिमले ‘माइतीघर’ को नाम लिएर सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गरेकोले उनी दवावमा परेका थिए।

“चलचित्र ‘माइतीघर’लाई क्षति पुग्ने गरी सामाजिक सञ्जालमा नकारात्मक कमेन्ट गरिएको हुँदा म चुप बस्न सकिनँ,” अधिकारीले भने। यसैबीच, दसैंको फूलपातीमा ‘माइतीघर’, ‘बलिदान’ र ‘हरिबहादुरको जुत्ता’ गरी तीनवटा चलचित्र प्रदर्शन हुँदैछन्। साइबर जाहेरीपछि प्रहरीले घटनाको अनुसन्धान थालेको जानकारी प्राप्त भएको छ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ३ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।