ललितपुर
दक्षिण ललितपुरको शंखुमा निसान गाडीको ठककरबाट एक पैदलयात्रीको निधन भएको छ ।
ललितपुर प्रहरीका अनुसार कोञ्ज्योसोम गाउँपालिका–२ शंखु सडकमा ५० वर्षीय सिन्केबहादुर भोलुनलाई निसानले गाडी ठक्कर दिएको थियो ।
बा.५ ख २२१७ नम्बरको निसानको ठककरबाट बुधबार बेलुकी उनको घटनास्थलमै निधन भएको प्रहरीको भनाई छ ।
दुर्घटनापछि प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।








प्रतिक्रिया