काठमाडौं । फिल्म निर्देशक निश्चल बस्नेत र अभिनेता पल शाहले सोमबार जेन-जीले गर्न लागेको भनिएको आन्दोलनमा समर्थन जनाएका छन् । निश्चलले ‘आफू जेन-जीको साथमा रहेको’ बताउँदै टिकटक भिडियो सार्वजनिक गरेका छन् । उनले सामाजिक संजाल बन्द गर्ने सरकारको कदमको विरोध गरेका छन् ।
निश्चलले देशको कानून निसहाय र गरिब जनताको लागि मात्र लागू भएको जनाएका छन् । जेन-जीको युवापुस्ता भ्रष्टाचारलाई लिएर निराश रहेको उल्लेख गर्दै आन्दोलन हुनु नै थियो भनेका छन् । आफू जेन-जी आन्दोलनमा सहभागी भएर भ्रष्टाचारविरुद्ध बोल्ने समेत निश्चलले बताएका छन् ।
अभिनेता पल शाहले पनि अभिव्यक्ति स्वतन्त्रता खोस्ने, सामाजिक बन्द गर्ने निर्णयले स्थिती झन् गम्भीर बनाएको भन्दै जेन-जी आन्दोलनलाई समर्थन जनाएका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले शान्तिपूर्ण प्रदर्शन गर्न जेन–जीहरूलाई आग्रह गरेका छन् ।








प्रतिक्रिया