ललितपुर
ललितपुरको चागाथलीमा एक युवकको शव भेटिएको छ ।
प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका–७ चागाथलीस्थित सुपर फाइन मेटल कारखानामा
काम गर्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका–४ घर भएका १९ वर्षीय राजेश गहतराज यसै
कारखानामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।








प्रतिक्रिया