काठमाडौं
पछिल्लो समय एक्सनले भरिएका चलचित्र चल्न थालेको छ । यस्तै एक्सनले भरिपूर्ण चलचित्र ‘परिवर्तन’मा सुशीलको एक्सन अवतार सार्वजनिक गरिएको छ ।
पोस्टरमा देखिएअनुसार चलचित्रमा मुख्य पात्र एक्शन अवतारमा चलचित्रका मुख्य अभिनेता सुशील श्रेष्ठ प्रस्तुत भएका छन्। जसमा आगो, लडाइँ र प्रतिशोधको झल्को पाइन्छ। उनले हातमा बोकेको तरबारमा आगोको राप देखिन्छ। सस्पेन्स र एक्सन मिश्रित यो कथामा परिवर्तनको यात्रामा नायकले भोग्ने संघर्षलाई केन्द्रमा राखिएको संकेत पोस्टरमै देखिन्छ।
चलचित्रमा सुशील श्रेष्ठका अलवा अञ्जना बराइली, सरोज खनाल,करिश्मा मानन्धर,हेमन्त बुढाथोकी,सुवास मेचे,बुद्धि तामाङ, पुकार भट्टराई, यामनाथ खरेल, गौतम तिवारी लगायत कलाकारहरूको मुख्य भूमिका छ।
निर्देशक विजय केरुङले निर्देशन गरेको यो चलचित्रमा कथा तथा निर्माण दीपक सिवाकोटीको छ। चलचित्रलाई शिवम् अधिकारीले लेखेका हुन्। चलचित्रको ब्याकग्राउण्ड म्युजिक बलिउडका कालाचरणको छ।
दिब्यासी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र ‘परिवर्तन’ आगामी माघ ९ (जनवरी २३)बाट प्रदर्शन मिति समेत तोकेको छ।








प्रतिक्रिया