२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


निश्चल बस्नेत भन्छन्, “बालेन र हर्क एक ठाउँमा उभिनुहोस्”



काठमाडौं । चलचित्र निर्देशक निश्चल बस्नेतले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरका मेयर हर्क साम्पाङलाई एकताबद्ध हुन अनुरोध गरेका छन्।

बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत दुवै मेयरलाई सम्बोधन गर्दै लेखेका छन्, “प्रिय हर्क सर, बिन्ती गर्छु, देश र शहीद भाईबहिनीहरू सम्झेर दुवैजना (बालेन र हर्क) एक ठाउँमा आइदिनुहोस्। अरूको कुरा सुनेर आवेगमा होइन, एक–अर्काको कुरा सुनेर योजना बुन्नुहोस्।”

उनले हर्क साम्पाङको पक्षमा आफू पनि भोट मागेको उल्लेख गर्दै देश र जनताको हितका लागि दुवै नेतृत्वले सहकार्य गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

बस्नेतले लेखेका छन्, “हर्कजस्ता देशभक्त जनसेवकले सरकार चलाउन् र आउने पुस्तालाई देशको फेरिएको स्वरूप देखाओस्। जेन–जीले परिवर्तन ल्याएको छ, अब त्यो परिवर्तनलाई दिशामूलक बनाउन दुवै नेताको साथ आवश्यक छ।”

त्यस्तै, उनले मेयर बालेन शाहप्रति फैलाइएका नकारात्मक टिप्पणी र हल्लाप्रति असन्तुष्टि जनाउँदै समर्थकहरूलाई प्रमाणसहित मात्र विश्वास गर्न आग्रह गरेका छन्।

बस्नेतले भनेका छन्, “यदि कसैले बालेनविरुद्ध केही आरोप लगाउँछ भने त्यसको प्रमाण माग्नुहोस्। प्रमाण भएपछि सँगै जाउँला मुद्दा दर्ता गर्न। बालेनको देशप्रतिको माया उसको फेसबुक स्टाटसमा मात्र नखोज्नुहोस्।”

उनले थप लेखेका छन्, “बालेन आफू बदनाम हुन तयार छ, तर देश बदनाम हुने कुनैपनि तत्वसँग मिल्दैन। देशलाई माया गर्ने व्यक्ति बालेन हाम्रै बीचको मान्छे हो। मेरो विश्वास छ, बालेन र हर्क दुवैले देशको भलाइका लागि हातेमालो गर्न सक्छन्।”

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहिबार  ९ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।