२९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


निर्देशन कृशा चौलागाईंको छोटो चलचित्र ‘ऐना’ प्रर्दशन हुँदै



काठमाडौं
निर्देशक कृशा चौलागाईंले निर्देशन गरेको नयाँ छोटो चलचित्र ‘ऐना’ यस वर्षको तिहारमा प्रर्दशन हुने भएको छ।
निर्माण पक्षले युएनए डिजिटल युट्युब च्यानलमार्फत उत्त चलचित्र सार्वजनिक हुन लागेको हो।
केपी फिल्म्सको ब्यानरमा निर्माण गरिएको यस चलचित्रको मुख्य भाव “जीवनको प्रतिबिम्ब” रहेको निर्देशक चौलागाईले बताइन।
उनले भनिन्,‘ऐना’ केवल दर्पण होइन, यो हाम्रो आत्मा र जीवनको कथा हो। प्रत्येक अनुहार र प्रत्येक क्षणमा एउटा कथा लुकेको हुन्छ — यही नै यस चलचित्रको सार हो।’
चलचित्र ‘ऐना’ ले तिहारको उज्यालो, आत्मचिन्तन र माया–संबन्धको गहिरो भावनालाई कलात्मक ढङ्गमा चित्रण गरेको बताइएको छ। चलचित्रले दर्शकलाई आफ्नै जीवन र समाजको प्रतिबिम्ब देखाउने प्रयास गरेको छ।

 

यस छोटो चलचित्रमा भोलाराज सापकोटा र सरिता गिरीको सशक्त र यथार्थपरक अभिनय देख्न सकिनेछ। उनीहरूको संवेदनशील प्रस्तुतीले दर्शकको मन छुने विश्वास निर्माण पक्षको छ। चलचित्रको सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन्।

केपी फिल्म्सको प्रस्तुतिमा निर्माण गरिएको हो र युएनए डिजिटलमार्फत विश्वव्यापी रूपमा प्रदर्शन गरिनेछ।
निर्देशक चौलागाईं यसअघि ‘पिताम्बर’, ‘ऐन्चो पैंचो’ जस्ता सफल चलचित्र निर्देशन गरिसकेकी छिन्। उनी चलचित्र निर्देशनमा आउनु अगाडि निर्माताका रुपमा परिचित थिइन।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ८ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।