२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नायिका समृद्धि अर्याल : दयाहाङ र विजयको नाम सुन्ने वित्तिकै चलचित्र खेल्न राजी



मलाई बुझ्नेहरुले भाग्यमानी नायिका पनि भन्लान् । तर मैले यो ठाँउसम्म पाइला राख्न धेरै संर्घष गरेको छु । केही समय बुम्बईमा विताएको छु । चलचित्रको अध्ययन गरेकी छु

ललितखबर
नेपाली चलचित्र क्षेत्रका लागि नयाँ नाम हो समृद्धि अर्यालको । अडिसनमार्फत चलचित्र फर्की फर्कीबाट डेव्यु गरेकी उनलाई नाम चलेका कलाकारहरुसँग काम गर्ने लोभ रहेछ ।
राजधानीमा पत्रकारहरुसँग गफिदै अभिनेत्री अर्यालले चलचित्र ‘वरिष्ठ बलराम’को पटकथा र भूमिका नबुझी दयाहाङ राई र विजय बरालसँग चलचित्रमा अभिनय गर्न राजी भएको खुलासा गरेकी छिन् ।
भन्छिन्, ‘मलाई बुझ्नेहरुले भाग्यमानी नायिका पनि भन्लान् । तर मैले यो ठाँउसम्म पाइला राख्न धेरै संर्घष गरेको छु । केही समय बुम्बईमा विताएको छु । चलचित्रको अध्ययन गरेकी छु ।’

 

यो क्यारेक्टर भोलि कति लोकप्रिय हुन्छ, त्यो त थाहा छैन । तर, दर्शकले सम्झिने खालको छ भन्ने लाग्छ

भर्खरै सार्वजनिक भएको टिजर,गीत र ट्रेलरमार्फत उनको भूमिका र अभिनय सशक्त रहेको बुझ्न सकिन्छ ।

 


चलचित्रमा आफू शो पिस मात्रै नरहेको उनको दाबी छ आफ्नो सिने करियरको यात्रामा ‘वरिष्ठ बलराम’ले सहयोग गर्ने उनको विश्वास छ । कुशुमको क्यारेक्टरमा देखिने उनले भनिन्, “यो क्यारेक्टर भोलि कति लोकप्रिय हुन्छ, त्यो त थाहा छैन । तर, दर्शकले सम्झिने खालको छ भन्ने लाग्छ ।”

‘वरिष्ठ बलराम’ कात्तिक ६ गते भाइटीकामा प्रर्दशन हुनेछ । ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् ।

‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् ।

वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् । कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुस्कर बी घिमिरे छन् । लाइन प्रोडुसरमा राम विष्ट छन् ।

मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।

यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ८ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।