२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


काठमाडौंमा पहिलो पटक ‘हरर चलचित्र महोत्सव’ आयोजना हुँदै



काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा नेपालमै पहिलो पटक काठमाडौंमा हरर चलचित्र महोत्सव आयोजना हुने भएको छ। महोत्सव आगामी अक्टोबर ३१ देखि नोभेम्बर २ (कार्तिक १४ देखि १६) सम्म रूसी घर, काठमाडौंमा सञ्चालन हुनेछ।

महोत्सवमा विश्वका १५ देशका २५ चलचित्र प्रदर्शन गरिने आयोजकले जानकारी दिएका छन्। यी चलचित्रहरू लोककथा, मिथक, रहस्य र डरका विविध विषयमा आधारित रहेका छन् र १०० भन्दा बढी देशबाट प्राप्त प्रविष्टिमध्ये छनोट गरिएका हुन्।

महोत्सवमा उत्कृष्ट फिचर चलचित्र, उत्कृष्ट लघु चलचित्र र उत्कृष्ट युवा चलचित्र गरी तीन विधामा पुरस्कार वितरण गरिने छ। निर्णायक मण्डलमा नेपालका छायांकन निर्देशक तथा फोटोग्राफर राजभाइ सुवाल, जर्मनीका चलचित्र समीक्षक होसाम फाह्मी, स्विडेन/लाट्भियाकी समीक्षक एलेक्जान्ड्रा एनबर्ग, र मोरोक्कोकी समीक्षक यास्मिन बुछफार रहेका छन्।

महोत्सव निर्देशक रशिक पाठकका अनुसार, “यो महोत्सवले नेपालमा हरर शैलीका चलचित्रहरूको निर्माण र अनुसन्धानमा नयाँ ऊर्जा थप्नेछ। साथै, नयाँ पुस्तालाई चलचित्रप्रति आकर्षित गर्ने र चलचित्र बजार विस्तारमा योगदान पुर्‍याउने विश्वास छ।”

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ५ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।