२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


मिजासिली अभिनेत्री अञ्जना



 

आफू आर्दश मानेका कलाकारसँग काम गर्न लोभले कतिपय कलाकार कथा नै नपढी, भूमिका नै नहेरी अनुबन्धित हुन्छन् । केही कलाकार चलचित्रमा अनुहार मात्रै देखाउन पाए पनि हुरुक्कै हुन्छन् अनि चलचित्र खेल्न ‘हवस्’ भनिदिन्छन् ।

तर अभिनेत्री अञ्जना बराइली भने पटकथा हेरेर चलचित्रमा काम गर्ने गरेको खुलासा गरेकी छिन् । प्रर्दशनको क्रममा रहेको चलचित्र ‘परान’मा उनी छोटो तर मिठो भूमिकामा छिन् ।

‘म यसमा जोडिनुको एउटै कारण यसको विषय हो। यो मैले खोजीखोजी हेर्ने फिल्मभित्र पर्छ,’ उनले भनिन् । चलचित्र दशैं तिहारको माहोलमा प्रर्दशन हुनुपर्ने तर्क गर्दै अभिनेत्री बराइलीले हलमा हेर्न एकदमै उत्साहित रहेको बताइन् ।
चलचित्रभित्र मिजासिलो रुपा पात्रमा अभिनय गरेकी उनी आत्तिएकी छैनन् । उनलाई चलचित्रले दर्शकको मन जित्ने विश्वास छ।

वरिष्ठ अभिनेता नीर शाह, महेश शाह र अञ्जना बराइलका साथै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यलगायत कलाकारको चलचित्रमा अभिनय रहेको छ ।

‘परान’ चलचित्रलाई डेब्यु निर्देशक दीपकप्रसाद आचार्य (काकु) ले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शुक्रबार  ७ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।