ललितपुर
ललितपुर टिकाभैरव सडकमा मोटरसाइकलको ठक्करपछि वालकको निधन भएको छ ।
बिहीबार साँझ भएको सो घटनामा गोदावरी नगरपालिका ६ टिकाभैरव लेलेस्थित सडकमा बा.६१ प २१४ नम्बरको
मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने बेली नेगीको छोरा ६ वर्षीय कोष
नेगीको साँझ निधन भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको बि एण्ड वी अस्पताल ग्वार्कोमा उपचारको क्रममा निधन भएको हो ।
प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
१ कार्तिक २०८२, शुक्रबार
186
Shares








प्रतिक्रिया