२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


 उपेन्द्र सुब्बा : चलचित्रको क्षेत्रमा उदाएका साहित्यकार



काठमाडौँ
कवि तथा कथाकार उपेन्द्र सुब्बा पछिल्लो पुस्ताका चर्चित निर्देशक हुन् । उनका चलचित्र तुलनात्मक रुपमा सफल पनि छन् ।
उनी नेपाली चलचित्रमा ‘कबड्डी’ शृङ्खलामार्फत कथा तथा पटकथा लेखनमा प्रवेश गरे ।
निर्देशक रामबाबु गुरुङसँगको सहकार्यमार्फत चलचित्रमा सहकार्य गरेका उनी छायाङकनमा समेत सहभागी हुन्थे । लेखक सुव्वाले विस्तारै शव्दमा उतारिएको कथालाई भिडियोमार्फत भन्न सिके । अन्ततः उनको निर्देशनमा चलचित्र जारी निर्माण गरे ।  बक्स अफिसमा सफल पनि भयो ।
.
“मलाई जारीको कथा पर्दामा उतार्न मन थियो । किनकि म त्यसलाई मायाको भावमा व्यक्त गर्न चाहन्थे । सोही कारण म निर्देशक बनेँ”, निर्देशक सुब्बाले भने ।
उनले दोस्रो चलचित्र ‘मनसरा’ निर्देशन गरेका थिए ।
पछिल्लो समय निर्देशक सुव्वाले चलचित्र ‘जारी २’ निर्देशन गरे । ‘जारी’ कै शृङ्खलालाई निरन्तरता दिएका निर्देशक सुब्बाले यसपटक जारीसँगै च्याब्रुङको कथालाई जोडेका छन् ।
आगामी कात्तिक २१ गते प्रदर्शन हुने चलचित्र ‘जारी २ ः सङ अफ च्याब्रुङ’ जारी २ मा विजय बराल दोहोरिएका छन् ।
“मैले यसपटक पनि राम्रो र सरल चलचित्र बनाउने कोसिस गरेको छु”, निर्देशक सुब्बाले भने ।
निर्देशक सुब्बा चलचित्र लेखनसँगै साहित्यतर्फ पनि प्रसिद्ध छन् । एक हिसाबले उनी साहित्य र चलचित्रको पुल जस्तै छन् । साहित्यकारले हेर्दा चलचित्रलाई कस्तो देख्छ त ? उनले दुवै तर्फको भनाई बुझेर आफ्नो भाष्य बनाएका छन् । “साहित्यको आँखाले चलचित्र हेर्दा समाजको कथा व्यक्त गर्ने शैली र पात्र निर्माणसँगै विम्ब निकै कम प्रयोग भएको जस्तो लाग्छ”, निदेर््शक सुव्वाले भने, “थुप्रै साहित्यकारले चलचित्र हेर्ने गरेका छन् । तर चलचित्रमा साहित्य कमजोर छ ।”
चलचित्र चलचित्र ‘जारी २’ मा दयाहाङ राई, विजय बराल, मिरुना मगर, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुलगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०८२, शनिबार  ७ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।