२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘कल्ली’को रोचक ३ पोष्टरमा देखिए सौगात, नाजिर र सुलक्षण



 

चलचित्र ‘कल्ली’को ३ रोचक पोष्टरमा सौगात, नाजिर र सुलक्षण देखिएका छन् ।

चलचित्रको एउटा पोष्टरमा कलाकार सुलक्षण भारती नाङ्गो शरिरमा तीलहरी लगाएका छन् । अर्को पोस्टरमा सौगात मल्ल परम्परागत पोशाकमा सझिएका छन् । नाजिर हुसेन र नायिका वर्षा राउतको काखमा बाल कलाकार मञ्जिला बानियाँ देख्न सकिन्छ ।

किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो चलचित्र महेश दवाडीको लेखनमा तयार गरिदैछ । चलचित्रमा कथा र निर्देशक लक्ष्मण सुनारको छ ।

चलचित्रमा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, वर्षा राउत, बेगम नेपाली, बिनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी, सरस्वती खत्री र श्याम मगरको मुख्य भूमिका छ । यस्तै, चलचित्रमा उपेश ढकाल, मञ्जिला बानियाँ र समर्पण खतिवडा बाल कलाकारको रुपमा छन् ।

आशिष अविरल, सरित राई, केतन क्षेत्रीको संगीत रहेको यो चलचित्रमा एनवी महर्जनको एक्सन, निसाल पौडेलको छायांकन छ । राकेश दाहालले चलचित्रको पोस्टर तयार पारेका हुन् । लेकाली इन्टरटेन्मेन्ट प्रा.लि र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा यो चलचित्र तयार भएको हो ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, आइतबार  ३ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।