२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


ललितपुरमा तिहारको देउसी भैलो ९ बजेसम्म मात्र खेल्न प्रशासनको उर्दी



 

ललितपुर जिल्लाभर तिहारको देउसी भैलो साँझ ९ बजेसम्म मात्रै खेल्न प्रशासनले उर्दी जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अधिकतम ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न भनेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी गिता घिमिरेको हस्ताक्षर रहेको सूचनामा अन्यथा भएको खण्डमा प्रशासनलाई खबर गर्न नम्बर समेत जारी गरिएको छ ।
साथै दिपावलीमा मैनबत्ती र विजुलीको प्रयोग गर्दा सावधानी अपनाउन,पटका भूईचम्पालगायत विस्पोटक पर्दाथ खरिदबिक्रि गर्न,अत्यावश्यक वस्तूको कालोबजारी नगर्न,मापासे गरेर सवारी नचलाउन, जुवातास नखेल्न र धार्मिक एवं सास्कृतिक र सामाजिक सद्भाव खलल पुग्ने काम नगर्न सबैमा प्रशासनले अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : ३ कार्तिक २०८२, आइतबार  ८ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।