२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘अभिनेत्री अञ्जना ‘घमण्डी छ’ भन्ने बजार हल्ला छ’



 

ललितखबर
पछिल्लो पुस्ताकी सफल अभिनेत्री हुन् अञ्जना बराइली । चलचित्र महापुरुषमार्फत चलचित्र क्षेत्रमा डेव्यु गरेकी बराइलीले पछाडि फर्केर हेर्नु परेको छैन ।

सञ्चारमाध्यमहरुसँग खुलेर बोल्न रुचाउने अभिनेत्री बराईलीलाई बजार ‘एकदमै घमण्डी रहेको भन्दै सबैले सोध्ने गरेको’ अभिनेता सुशील श्रेष्ठले सञ्चारमाध्यमहरुसामु खुलासा गरेका छन् । आइतबार राजधानीमा आयोजित कार्यक्रममा उनले आफूलाई भने अभिनेत्री अञ्जना एकदमै परिश्रमी,रमाइलो, खुल्ला सहृदयी र सहयोगी लागेको बताए ।
च्लचित्र परिवर्तनका कलाकार र प्रविधिकहरुको प्रशंसा गर्दै अभिनेता श्रेष्ठले एक्सन निर्देशक श्री श्रेष्ठले मेहन गरेको बताए । उनले भने विराटनगरको गर्मीमा आफू र टिमले धेरै मेहनत गरेको बताए । उनले भनिन्, ‘आफूले काम गरेको चलचित्रमा फरक दृष्टिकोणबाट आफूलाई देखाइएकोमा खुशी लागेको छ ।’
अभिनेत्री अञ्जनाले आफूले इमानदार प्रहरीको भूमिकामा अभिनय गरेको धारणा राखिन् । अभिनेत्री करिष्मा मान्न्धरले आफू आमा बनेर धेरै समयपछि पर्दामा देखिने तयारीका रहेको जानकारी दिइन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, मंगलबार  ८ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।