२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘मनबिनाको धन’को ट्रेलरः अशोक दर्जीको सडकदेखि संगीत सफलतासम्मको कथा



काठमाडौं । काठमाडौं । बालगायक अशोक दर्जीको जीवनमा आधारित नयाँ फिल्म ‘मनबिनाको धन’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा अशोकले सडकमा गीत गाउँदै जीवनयात्रा सुरु गरेकोदेखि सांगीतिक सफलतासम्मको कथा प्रस्तुत गरिएको छ।

ट्रेलर अनुसार, सडकमा गीत गाउँदै पैसा माग्दै गरेका अशोकलाई एक मनकारी व्यक्तिले काठमाडौँ ल्याउँछन्। काठमाडौँ पुग्दा उनको जीवनमा आउने परिवर्तन र संघर्षको कथा फिल्ममा देखाइएको छ। फिल्ममा अशोक नै मुख्य भूमिकामा छन्।

यस फिल्ममार्फत संगीतकार तथा गायक टंक बुढाथोकीले निर्देशनमा डेब्यु गरेका हुन्। फिल्ममा बुढाथोकीकै कथा र संगीत निर्देशन रहेको छ। निर्माता बुढाथोकीले यसलाई “हिरोदेखि जिरोसम्मको कथा”को रूपमा वर्णन गरेका छन्।

फिल्ममा अशोकसँगै सरोज खनाल, नीता ढुंगाना, बुद्धि तामाङ, सन्तोष पन्त, भोलाराज सापकोटा लगायतका कलाकारले अभिनय गरेका छन्। फिल्म टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा विष्णुमाया मैनालीले निर्माण गरेकी हुन्।

‘मनबिनाको धन’ कात्तिक २१ गतेबाट प्रदर्शनमा आउने तय भएको छ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बुधबार  ३ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।