काठमाडौँ
चलचित्र ‘परान’ सिनेमा हलहरुमा सर्वाधिक शोसहित प्रर्दशन हुने अवसर पाएको छ ।
कार्तिक १४ गते प्रर्दशन सुरु हुँदा केवल ६४ शो पाएको ‘परान’ सिनेमाले बलियो वर्ड अफ माउथ पाउँदा भोलि बुधबार १ सय ३२ सर्वाधिक शो पाएको हो ।
पहिलो दुई दिन उत्साहजनक व्यापर गर्न नसकेको ‘परान’ले प्रर्दशनको छैटौं दिन आउँदा हाल नेपाली सिनेमा हलहरुमा प्रदर्शनरतः नेपाली तथा विदेशी सिनेमाहरुलाई पछाडि पार्दै सर्वाधिक शो पाउन सफल भएको छ ।
खल्ती एपमा यो समाचार तयार पार्दासम्म फिल्मले देशभर दोश्रो स्थानमा अनमोल केसीको ‘जेरी अन टप’ले १ सय १९ शो प्राप्त गरेको छ ।
हाल नेपाली हलहरुमा ‘परान’ सहित ‘जेरी अन टप’, वरिष्ठ बलराम, मैझारो गरी कुल ४ वटा नेपाली सिनेमा प्रदर्शनरत छन् । खल्तीमा ‘मैझारो’ चलचित्रले यो समाचार तयारपार्दासम्म ४ शोमा सीमित भएको अवस्था छ भने ‘वरिष्ठ बलराम’ले २१ वटा शो पाएको तथ्यांक छ ।
यस्तै विदेशी भाषाका चलचित्रहरुले पाएको शो संख्यानिक्कै कम छ । रि–रिलिज बाहुबली ४७ शो पाएको छ भने थामा १३ र कान्तारा–२ले ६ शो पाएको छ ।
दर्शक तथा समिक्षकहरु दुबैबाट उत्कृष्ट प्रतिक्रिया पाएपछि दर्शकको मागलाई मध्यनजर गर्दै हलहरुले अन्य सिनेमाका शोमा भारी कटौती गर्दै ‘परान’लाई उत्साहजनक शो उपलब्ध गराएका हुन् । चलचित्र हेर्नेहरुले उत्कृष्ट सिनेमा भन्दै सिनेमा हेरेर आफूहरु भाबुक भएको प्रतिक्रिया दिइरहेका छन्।
दिपक प्रसाद आचार्यको डेब्यू निर्देशन रहेको सिनेमालाई गोल्छा समूहका शेखर गोल्छा तथा प्रिज्मा एडभटाइजिङका रंजित आचार्यको सहस्वामित्वको कम्पनी बाइस्कोट सिनेमाले निर्माण गरेको हो ।








प्रतिक्रिया