२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


फिल्म बनाउनु भन्दा फिल्म चलाउन अझ गाह्रो छ : सन्तोष पन्त



काठमाडौं। कलाकार सन्तोष पन्तले फिल्म निर्माणभन्दा फिल्मलाई बजारमा चलाउन निकै चुनौतीपूर्ण रहेको बताएका छन्। मंगलबार आफू अभिनीत फिल्म ‘हर्ष’ को ट्रेलर रिलिज कार्यक्रममा बोल्दै उनले नयाँमेकरहरूलाई फिल्म चलाउन सिक्नुपर्ने तरिका सुझाएका छन्।

तीन वर्षअघि पन्तले आफ्नो चर्चित टेलिभिजन सिरियल ‘हिजो आजका कुरा’ लाई फिल्ममा परिणत गरेका थिए। उनी यस फिल्ममा मुख्य भूमिकामा पनि देखिएका थिए। तर, फिल्म व्यवसायिक रुपमा सफल हुन सकेन।

कार्यक्रममा पन्तले भने, “फिल्म बनाउन जति गाह्रो छ, चलाउन झन महा गाह्रो छ। त्यसैले फिल्म चलाउनका लागि पहिला तिकडम सिक्नुहोस्। त्यो तिकडम नसिकेर म डुबेँ।”

उनले ‘हर्ष’ की निर्देशक एकता पौडेललाई व्यंग्यात्मक शैलीमा सुझाव दिँदै भने, “फिल्म त जसरी पनि चलाउनुस्, तर तिकडम चाहिँ गर्नुस्। रुवाबासी राखेर हुन्छ कि हंगामा राखेर हुन्छ कि। मलाई मारिदिएर। मलाई अस्ट्रेलिया पठाइदिनुस् र हरायो भन्नुस्, त्यसपछि हंगामा हुन्छ र फिल्म चल्छ। तिकडम नगरी फिल्म चल्दैन।”

पछिल्लो समय फिल्मलाई सफल बनाउन विभिन्न रणनीति र फन्डाहरू अपनाइन्छन्। पन्तको व्यंग्यात्मक टिप्पणी सुनेपछि हलमा दर्शकहरू बीच हाँसोको माहोल सिर्जना भएको थियो।

प्रकाशित मिति : २० कार्तिक २०८२, बुधबार  १ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।