२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘पीआर’मा गीत ‘टाटा बाइ बाइ’ टिकटकमा हिट



काठमाडौं
प्रर्दशनको तयारीमा रहेको चलचित्र ‘पीआर’मा गीत ‘टाटा बाइ बाइ’ टिकटकमा हिट भएको छ ।
अहिले टिकटका अधिकांश दृश्यमा यो गीतको शब्द ‘टाटा बाइ बाइ’मा भिडियो निर्माण गरिएको देख्न सकिन्छ ।
निर्माण टिम टिकटकमा गीत हिट भएपछि उत्साहित देखिएका छन्। चलचित्रका निर्देशक शोभित बस्नेत सामाजिक सञ्जालमा आफ्नो चलचित्रको गीतले चर्चा पाएपछि दंग छ्न।
चलचित्रको यो गीत गतआइतबार सलोमा युटुब च्यानलबाट सार्वजनिक भएको थियो।
गीतमा फिल्मका मुख्य कलाकार नीर शाह र गौरी मल्लको रमाइलो नृत्यलाई दर्शकले सुखत प्रतिक्रिया दिएका छन्।
यस चलचित्रको गीतमा भिम बी.सी.को संगीत,टेक बी.सी. र प्रीती घिमिरेको स्वर रहेको छ भने गीतको भिडियोमा कोरियाग्राफी रामजी लामिछानेको छ।
सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यस चलचित्रमा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायलले अभिनय गरेका छन्। साथै विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का,उत्तम के.सी.,दिक्पाल कार्की रहेका छन्।
निर्देशक बस्नेतले यस चलचित्रमा प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा आधारित चलचित्र निर्माण भएको बताए।
विदेशमा रहेका छोराछोरीको अवस्था र नेपालमा रहेका बुबाआमाले उनीहरुप्रति गरेको अपेक्षा चलचित्रमा समेटिएको निर्माण पक्षको भनाई छ। यस फिल्मको प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् भने निर्मातामा लक्ष्मण सापकोटा र प्रदीप दाहाल छन् ।
बन्दे प्रसादको सम्पादन रहेको यो चलचित्रको लेखन गणेश बुढाथोकीले गरेका छन्। त्यसैगरि यो चलचित्रको छायांकन सौरभ सायमी र सौरभ लामाले गरेका छन् भने आर आर फिल्म्सले वितरणको जिम्मा लिएको छ। फिल्म आगामी मंसिर २६ गतेबाट नेपालभर प्रर्दशन सुरु भएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शुक्रबार  १० : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।