२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता प्रभात र अभिनेत्री स्मारिकाको ‘चलचित्र ‘मुगलान’ प्रर्दशन हुँदै



 

चलचित्रमा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकालको मुख्य भुमिकामा ‘चलचित्र ‘मुगलान’ आउन भएको छ ।

आगामी पुष १० गतेबाट प्रदर्शनमा आउन तयारीमा रहेको यस चलचित्र श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख.ब.पु., राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ।

रिहान प्रोडक्सनको ब्यानरमा बनेको ‘चलचित्र ‘मुगलान’ टिजर रिलिज भएको छ । निर्माण टिमले आइतबार चलचित्रको टिजर युना डिजिटल युटुब च्यानलमार्फत गरेको हो।

३९ सेकेण्डको टिजरमा आर्थिक अभाव झेलेका एक युवा परिवारलाई सुखमा राख्नका लागि मजदुरी गर्न भारत पुग्छन्। उनले त्यहाँ पाएको सास्ती र यता साहुले गरेको अत्यचारबीचको कथालाई भन्छ। परिवारको सुखी र आफ्नो सपना साकार पार्नका लागि गरेको एक संघर्षलाई चलचित्रको टिजरमा उतारिएको छ। चलचित्रको टिजरले नै भन्छ कि नेपाली समाजको कथा हो।

‘मुगलान’ले युवाहरूको परदेशको सपना, गाउँघरको प्रेम र संघर्षको कथा उजागर गर्ने देखिन्छ।

आशिष ढकालको लेखन तथा निर्देशनमा निर्माण भएको यो चलचित्रका निर्माता गोमन सिंह रहेका छन्। यो चलचित्रको को–प्रोड्युसरमा रिता चौधरीले लगानी गरेकी छन्। तारा थापा ‘किम्भे’को सम्पादन,जय बिष्ट र राम गुरुको द्धन्द्ध निर्देशन रहेको यो चलचित्रमा बिजिएम रिदम कँडेलको छ। चलचित्रमा कोरियोग्राफर देबेन्द्र कुँवरको छ भने डिओपी अजय रेग्मीको छ।

चलचित्रमा संगीत किरण भुषालले दिएका छन् भने गायनमा शान्तीश्री परियार,प्रताप दास, बेनिशा पौडेल,हरि गिरी (विमर्शी) लगायतको समावेश छन्। गीत रचनामा आशिष ढकाल,सिर्जना लम्साल,हरि गिरी (विमर्शी) रहेका छन्। चलचित्रको वितरणको जिम्मा आर आर चलचित्रस्ले लिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, सोमबार  १२ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।