काठमाडौं
बलिउड अभिनेता धर्मेन्द्र हाल अस्पतालमा उपचाररत छन्। मंगलबार बिहानदेखि उनका निधन भएको झुटो समाचार सामाजिक सञ्जाल र केही भारतीय मिडियामा फैलियो। यस अफवाहले धर्मेन्द्रको परिवारलाई थप पीडा दिएको छ।
परिवारका अनुसार धर्मेन्द्र केही दिनअघि नियमित स्वास्थ्य जाँचका लागि अस्पताल भर्ना भएका थिए र उनको उपचार जारी छ। धर्मेन्द्रकी पत्नी, अभिनेत्री हेमा मालिनीले सामाजिक सञ्जालमा अफवाह फैलाउने कार्यप्रति आपत्ति जनाएकी छन्। उनले भनिन्, “जिम्मेवार मिडियाले यस्ता आधारहीन समाचार कसरी फैलाउन सक्छन् ?” साथै उनले धर्मेन्द्रको स्वास्थ्यमा सुधार भइरहेको जानकारी पनि दिइन्।

हेमा मालिनीले अफवाह फैलिनुलाई अत्यन्तै अपमानजनक र असंवेदनशील भएको बताएर मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई परिवारको गोपनीयताको सम्मान गर्न आग्रह गरिन्। धर्मेन्द्रकी छोरी ईशा देओलले पनि मिडियालाई प्रमाणविहीन जानकारी नफैलाउन चेतावनी दिइन्।
धर्मेन्द्रको अस्पतालमा भर्ना भएको समाचार सोमबार सार्वजनिक भएको थियो। उनी भारतीय सिनेमा क्षेत्रका एक चर्चित अभिनेता हुन्।
(यसअघि लेखेको समाचार सच्याएका छौँ -सम्पादक)।








प्रतिक्रिया