२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


पत्रकारको जायज प्रश्नमा अभिनेता अनमोलको नाजायज उत्तर



ललितखबर
सामान्यतयाः कलाकारहरुको व्यक्तिगत जीवनको बारेमा आमदर्शकका लागि सधैं चासोको विषय रहन्छ ।उनीहरुको व्यक्तिगत जीवनका विभिन्न पाटोमा समेत सार्वजनिक चर्चा रहने गर्छ । कतिपय देशहरुमा कलाकारका गोप्य हर्कतको तस्विर र भिडियो खिच्न फोटोग्राफरहरु मरिहत्ते गर्छन् ।
व्यत्तिगत जीवनकोबारे कुरा छोडौं चलचित्रमा अनस्क्रिन रोमान्सका प्रश्नहरु जहिले पनि जायज हुन्छन् । शुक्रबार चलचित्र बाटुलो जूनको शुभमुर्हुत कार्यक्रममा एक पत्रकारले अभिनेता अनमोल केसी हरेक चलचित्रमा दुई अभिनेत्रीसँगको अनस्क्रिन रोमान्सबारे प्रश्न गरिन । तर अभिनेता अनमोलले उरन्ठेउलो उत्तर दिएर टारेका छन् ।
उनले भने, रोमान्समा थपिन तिमी पनि आउन त
मेगास्टारको उपाधिबाट पुकारिने अनमोलको यो उत्तर जायज थिएन । पत्रकारका जायज प्रश्नको उत्तरबाट भाग्न जिम्मेवार कलाकारले पक्कै मिल्दैन । तर अनमोल पटक पटक सार्वजनिक सञ्चारमाध्यमहरुमा चुक्छन् । अनि विवादास्पद बन्ने गरेका छन् ।
ललितपुरको ंगलामुखीमा नयाँ निर्माणको क्रममा रहेको चलचित्र बाटुलो जून करिव ४० बर्षअघिको कथामा निर्माण हुन लागेको कार्यmममा जानकारी दिइएको थियो । चलचित्रमा प्रिन्सी
खतिवडा र रेअर राईलगायत कलाकार अनुबन्धित भइसकेका छन् । अभिनेता भुवन केसीले निर्देशन गर्ने चलचित्रका निर्माता जिया केसी र भविश्श्य खड्का रहनेछन् ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शुक्रबार  १२ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।