गायिका सुनिता विवाह बन्धनमा बाँधिएकी छिन् ।
गायिका दुलालले नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्य राजेश नेपालसँग राजधानीको एक रिर्सोटमा विवाह गरेकी हुन् । उनको विवाह समारोहमा गायक गायिका र कलाकारहरुको जमघट थियो ।
विवाह समारोह आयोजना गरिएको रिर्सोट भव्य रुपमा सझाइएको थियो । विवाहको जग्गेमा रहदा गायिका सुनिता विछट्टै राम्री देखिएकी थिइन् । उनको चेहेरामा मुस्कान देख्न सकिन्थ्यो ।
गत बिहीबार उनीहरूले इन्गेजमेन्ट गरेका थिए ।
नेपाली लोक गीतको बजारमा उनका सयौं गीतहरु चर्चित छन् । उनका तीज गीतहरु दर्शक श्रोताले सर्वाधिक रुचाएका छन् ।








प्रतिक्रिया