काठमाडौं । निर्देशक दीपक प्रसाद आचार्य ‘काकु’ निर्देशित चलचित्र परान ले घरेलु बक्सअफिसमा १६ करोड १६ लाख ७७ हजार ५५८ रुपैयाँ ग्रस कमाइ गरेको छ। कात्तिक १४ गते प्रदर्शनमा आएको यो चलचित्रले एक महिनामा ५ लाख ६९ हजार ७५४ टिकट बिक्री गरिसकेको छ। यससँगै परान २०८२ सालको हालसम्मकै सर्वाधिक कमाइ गर्ने चलचित्र बनेको छ।
त्यस्तै, चौथो हप्तामा प्रदर्शन भइरहेको जारी २ ले २ लाख ६ हजार २३९ टिकट बिक्री गर्दै ६ करोड १९ लाख ३५ हजार ८५३ रुपैयाँ कलेक्सन गरेको छ।
साथै, मनबिनाको धन ले शनिबारसम्म १ लाख ४३ हजार ३३५ टिकट बिक्री गर्दै ३ करोड ७४ लाख ९१ हजार ४६१ रुपैयाँ कलेक्सन गरेको छ।
अनमोल केसी अभिनीत जेरी अन टप ले १२ करोड २३ लाख ५२ हजार ३१५ रुपैयाँको व्यापार गरेको छ। यो चलचित्रले शनिबार राति १२ बजेसम्म ३ लाख ९० हजार ९०४ टिकट बिक्री गरेको छ।








प्रतिक्रिया