२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको महाधिवेशन प्रतिनिधि छनौट गर्दा ‘गुन्डुले पठाएको लिस्ट’ बाँढेको आरोप



चापागाँउ
ललितपुरको महाधिवेशन प्रतिनिधि छनौटको निर्वाचनका क्रममा ‘गुन्डुले पठाएको लिस्ट’ भन्दै नामहरु बाँढेको आरोप लगाइएको छ ।
नेकपा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र न्यौपानेले संकटमा विना स्वार्थ एमाले अध्यक्ष केपी ओलीको साथ दिने भन्दा नाम विकाएर नेता बन्नेहरु हाबी भएको गम्भिर आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै प्रचार विभाग न्यौपानेले केही ठेकेदार र दलालहरुले आफूलाई ओली विरोधिको आरोप लगाएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । उनले अध्यक्ष ओलीलाई सम्बोधन गर्दै लेखेका छन्, ‘प्रिय बा तपाईको नाम भजेर आज जिल्ला, क्षेत्र, पालिका र वडामा केही ठेकेदार र दलालहरु केपी बा मेरो मान्छे हो । मसंग सल्लाह गरेर निर्णय गर्छन् भन्न थालेका छन् । तपाईंलाई सस्तो वनाउनेहरुवाटै तपाईलाई समस्या छ ।’
मंसिर २७ गतेबाट राजधानीमा सम्पन्न हुने नेतृत्व महाधिवेशनको पुर्वसन्ध्यामा पार्टीका उपाध्यक्ष इश्वर पोखरेलले समेत अध्यक्षको उम्मेदवारी घोषणा गरेपछि एकातिर ललितपुरबाट अध्यक्ष ओलीको साथ छोडेर पोखरेललाई समर्थन गर्नेहरु सल्बलाउन थालेका छन् भने अर्कोतर्फ ओली पक्षकै नेताहरु एक अर्कालाई आरोपप्रत्यारोपमा लागेको देखिन्छ ।
एमालेभित्रको आन्तरिक विवाद विस्तारै सामाजिक सञ्जालमा छताछुल्ल बन्न थालेको छ । केही नेताहरुले छेपारोले रंग फरेझैं गुट परिवर्तन गरेको भन्दै आलोचना गरेको देख्न सकिन्छ ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बुधबार  १२ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।