२५ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


पारिश्रमिक नपाएको भन्दै एलिना र अञ्जु भन्छन्– दुःख गर्ने कालु, मकै खाने भालु



काठमाडौं । नेपाली संगीत क्षेत्रमा कलाकारले कामबापतको पारिश्रमिक नपाउने समस्या अझै समाधान हुन नसकेको छ। श्रम शोषणजस्तो दीर्घकालीन समस्या बारम्बार उठ्दै आए पनि यथार्थमा परिवर्तन नआएको कलाकारहरूले बताएका छन्।

गायिका अञ्जु पन्तले सामाजिक सञ्जालमार्फत आफूलाई १५ दिनमै रकम दिने भन्दै लिइएको पैसा पाँच महिनासम्म नदिएको गुनासो सार्वजनिक गरेकी छन्। उनले ‘भोली, पर्सी’ भन्दै भाका राख्दै रकम नदिने प्रवृत्ति अब सहनसक्ने अवस्था नरहेको बताउँदै आवश्यक परे नामसहित कानुनी प्रक्रिया अघि बढाउन बाध्य हुने चेतावनी पनि दिएकी छन्।

यस्तै, गायिका एलिना चौहानले पनि सामाजिक सञ्जालमा कलाकारको मेहनतको पैसा बीचैमा ‘खाइदिने’ प्रवृत्ति तत्काल रोक्नुपर्ने बताएकी छन्। उनले यस्तो बानीले कलाकारको श्रमको अवमूल्यन भएको भन्दै दोषीहरू सार्वजनिक हुनुपर्ने टिप्पणी गरेकी छन्।

यसअघि पनि केही नृत्य निर्देशक, संगीतकर्मी र अन्य कलाकारहरूले पारिश्रमिक नपाउने समस्या सार्वजनिक गर्दै आएकोले यो समस्या संरचनात्मक रूपमा समाधान आवश्यक रहेको कलाकारहरूको भनाइ छ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बुधबार  ३ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।