३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर महानगरले स्थानीय पत्रकारलाई पुरस्कार नदिएपछि विरोध



 

ललितपुरका स्थानीय पत्रकारहरुलाई पुरुस्कार नदिएको भन्दै नेपाली काँग्रेसको भातृसंगठन नेपाल प्रेस युनियन, ललितपुरले विरोध जनाउदै विज्ञप्ती प्रकाशन गरेको छ ।
युनियनका जिल्ला अध्यक्ष केदारनाथ दाहालको हस्ताक्षर रहेको विज्ञप्तीमा ललितपुर महानगरको हरेक गतिविधिका विषयमा निरन्तर कलम चलाउने श्रमजीबी पत्रकारहरुलाई प्रोत्साहन गर्नु स्थानीय सरकारको नैनिक दायित्व भए पनि नगर स्थापना दिवसमा गरिएको पुरस्कार वितरण प्रकृयाले स्थानीय सञ्चारमाध्यम र पत्रकारहरुलाई अपहेलना र निरुत्साहित गरिएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ ।

विज्ञप्तीमा भनिइको छ– महानगरप्रमुख, उपप्रमुखका सार्वजनिक गतिविधि, महानगरले सम्पादन गरेका कार्यहरू तथा जनसरोकारका विषयहरू निरन्तर समाचारका माध्यमबाट उजागर गर्ने पत्रकारहरूलाई तिरस्कार गर्दै गरिएको पुरस्कार वितरण कार्यले ललितपुरमा क्रियाशील आम सञ्चारकर्मीहरूमा अपमानबोध भएको अवस्था छ ।
महानगरले बुधबार आयोजना गरेको नगर दिवसको अवसरमा कान्तिपुर टेलिभिजनका पत्रकार नारायण किलम्बुलाई यस वर्षको ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरेको थियो । उनले लामो समयसम्म भक्तपुरका स्थानीय गतिविधिहरु सञ्चारमाध्यममा उजागर गरिरहेका थिए ।
पछिल्लो समयमा ललितपुरका स्थानीय पालिकाहरुले स्थानीय पत्रकारहरुलाई अपमानपुर्वक व्यावहार गर्ने गरेको गुनासो यत्रतत्र सुनिन्छ । आफू निकटका पत्रकारहरुलाई प्रोत्साहन गर्ने तर स्थानीय स्तरमा निरन्तर सक्रिय रहने पत्रकारहरुलाई बेवास्ता गर्दा ललितपुरको पत्रकारितामा क्षति पुगेको उनीहरुको मत छ ।
यहाँका पालिकाहरुले आफ्नो समाचार र गतिविधिहरुलाई निरन्तर सञ्चारमाध्यमहरुका ल्याउनका लागि ठेक्कामा केही व्यक्ति र युट्युवरहरुलाई लाखौ पैसा बाढ्ने गरेको समाचार श्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  ९ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।