नेपाल कम्युनिष्ट पार्टी (एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशनमा ललितपुर जिल्लाबाट निर्वाचित केन्द्रीय सदस्य तथा केन्द्रिय आयोगमा निर्वाचित सदस्यहरुलाई प्रेस चौतारी नेपाल ललितपुर जिल्ला समितिले बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
औँ महाधिवेशनमा ललितपुरबाट सुशीला नेपाल,हरिकृष्ण व्यन्जनकार,तारा सन्जेल, डा. टीका ढकाल र सन्तना दाहाल न्यौपाने केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् भने रामेश्वर श्रेष्ठ केन्द्रिय लेखा आयोगको सदस्यमा निर्वाचित भएका थिए ।
सम्मान कार्यक्रममा आफ्नो भनाई राख्दै पार्टी जिल्ला सचिव राम राउतले सङ्ख्याको हिसाबमा सानो भए तापनी पार्टीको जनवर्गीय संगठनको हिसाबले आफ्नो दायित्वप्रती सजक रहेको भन्दै चौतारीको प्रशंसा गरेका छन् ।
केन्द्रिय सदस्यमा निर्वाचित हरिकृष्ण ब्यन्जनकारले पार्टी र प्रेस चौतारीको अत्यन्तै हार्दिकताको सम्बन्ध रहेको स्मरण गर्दै हाल सामाजिक सन्जालकोे गलत कुरालाई सही बनाईरहेकाले प्रेस चौतारीले त्यस्ता गलत पक्षलाई चिर्न आवश्यक रहेको बताए ।
चौतारीका महासचिव हिरामान लामाले नवनिर्वाचित केन्द्रिय सदस्यहरुलाइ सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । चौतारी ललितपुरका सचिव सन्तोष दाहालले संगठनले विगतमा तीन तहको निर्वाचन सम्पन्न भएपश्चात पनि ललितपुरबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरी संगठनको दायित्व पूरा गरेको बताए ।
एघारौं महाधिवेशनबाट निर्वाचित सुशीला नेपाल र हरिकृष्ण व्यन्जनकार यसअघि पनि केन्द्रिय समितिमा पोलिटव्युरो सदस्य र जिल्ला इन्चार्जको भूमिकामा थिए । हाल तारा सन्जेल टीका ढकाल र सन्तना दाहाल भने केन्द्रिय कमिटिमा नयाँ अनुहार हुन् । रामेश्वर श्रेष्ठ यसअघि पनि लेखा आयोग सदस्य नै थिए ।







प्रतिक्रिया