२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरीका मेयर गजेन्द्र महर्जनले अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन दिएको विषयलाई लगाए मिडियावाजी गरेको आरोप



 

चापागाँउ

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले अख्तियारद्वारा सर्वोच्चमा आफूविरुूविरु पुनरावेदनको मुद्दा दर्ता गरेको विषयलाई मिडियावाजी गरिएको भन्दै आरोप प्रत्यारोप लगाएका छन् ।

गोदावरी १२ ठेचो वडालाई वालमैत्री वडाको घोषणा गर्दै मेयर महर्जनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमाण संकलन गरेर विशेष अदालतको निर्णय चित्त नबुझेको भन्दै सर्वोच्च अदालत गएको विषय विभिन्न सञ्चारमाध्यमहरुले समाचार बनाएर प्रकाशन तथा प्रशारण गरेपछि विषयन्तर गर्दै मेयर महर्जनले मिडियावाजीको रुपमा प्रचार गरेका हुन् ।
उनले भने, ‘यो नियमित प्रकृया हो । हामीले नगरवासीलाई झुक्याउने र निर्वाचनमा दिएको मतलाई अपमान गर्ने छैनौं ।’

मेयर महर्जनले नगरपालिकाको कानूनलाई टेकेर आफूले निकासी कर लगाएको तर त्यसको अपव्याख्या भएको तर्क गरेका छन् ।

उनले आफूलगायत जनप्रतिनिधिले गोदावरीको नाम तल पार्ने काम नगर्ने बताउदै आफूहरुले नगरभित्र धेरै विकासका काम गरेको जिकिर गरेका छन् ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  १२ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।