१८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


नेवारी कथामा आधारित फिल्म ‘बब डाई’ को छायांकन पूरा



काठमाडौँ  । सौगात मल्ल र सिम्रन पन्तको मुख्य भूमिका रहेको चलचित्र ‘बब डाई’ को छायांकन ४२ दिनमा पूरा भएको छ। निर्देशक प्रवीण श्रेष्ठका अनुसार, काठमाडौँको चन्द्रागिरि र कीर्तिपुर नगरपालिका भित्रका स्थानमा सम्पूर्ण छायांकन सकिएको छ।

निर्माण टिम अब पोस्ट-प्रोडक्सनमा लागेको छ भने दुई गीतको छायांकन केही साता पछि गरिने बताइएको छ। चलचित्रको कथा कीर्तिपुरका एक युवाको वरिपरि घुम्छ। नेवारी भाषामा दाइलाई “डाई” भनिने भएकाले फिल्मको नाम ‘बब डाई’ राखिएको छ।

चलचित्र कमेडी जनरामा निर्माण भएको छ र सौगात, सिम्रन, सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी, नितेश तन्डुकार, मनोज महर्जन, कमल देवकोटा, उत्तमराज पाण्डे, रजिन महर्जन र बालकलाकार अग्रिम पण्डितले अभिनय गरेका छन्।

https://www.youtube.com/@lalitkhabar

निर्माता राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर हुन् भने रवीन्द्र प्रजापति कार्यकारी निर्माता छन्। चलचित्रको प्रदर्शन मिति अहिलेसम्म तय गरिएको छैन।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ६ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।