१७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


काठमाडौंको चोभारमा पूजाको आइटम डान्स



काठमाडौं
काठमाडौंको चोभारमा राती राती अभिनेत्री पूजा शर्माको आइटम डान्स गर्दै थिइन् । भव्य सेटमा अभिनेत्री पुजाको आइटम डान्ससँगै
चलचित्र ‘कल्ली’को छायांकन पुरा भएको छ । जुम्लामा चलचित्रको दृश्य छायांकन गरेर फर्केको निर्माण टिमले ६० दिनमा प्याकअप गरेको हो । पुजाको यो करिअरमै पहिलो पटक आइटम डान्स हो ।
पूजाले ‘क्या राम्री’ बोलको गीतमा नृत्य गरेकी हुन् । आशिष अविरलको संगीतमा तयार भएको गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । आशिष अविरल र अस्मिता अधिकारीको स्वर रहेको यो गीतमा सुरेन्द्र रानाको शब्द छ । यो गीत आफूलाई सुन्ने वित्तिकै मन परेकाले काम गरेको नायिका शर्माले बताइन् । बिहेपश्चात पूजाले यही चलचित्रको गीतमा पहिलो पटक काम गरेकी हुन् । यो गीतको भिडियोमा पूजाको साथमा नायक उत्तम प्रधान, किरण श्रेष्ठ र कलाकार सुलक्षण भारतीले नृत्य गरेका छन् ।
लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा तयार भएको यो फिल्ममा लक्ष्मण सुनारको कथा र निर्देशन, महेश दवाडीको लेखन छ ।
यो चलचित्रमा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, बिनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी, सरस्वती खत्री, श्याम मगरको मुख्य भूमिका छ । यस्तै, यो फिल्ममा उपेश ढकाल, मञ्जिला बाँनिया र समर्पण खतिवडा बाल–कलाकारको भूमिकामा छन् ।
निसाल पौडेलको डीओपी रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन, आशिष अविरल, सरित राई र केतन क्षेत्रीको संगीत रहेको चलचित्रका निर्माण प्रमुख सुरज आचार्य हुन् ।
यो चलचित्रको टिजर समेत सार्वजनिक भइसकेको छ । जसलाई दर्शकले निकै मन पराएका छन् । चलचित्रले देवता र राक्षसको कथा भन्छ । यो गीत केही समयपछि नै सार्वजनिक गर्ने निर्माणपक्षले बताएको छ ।

प्रकाशित मिति : १० माघ २०८२, शुक्रबार  ९ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।