१२ माघ २०८२, आइतबार | Sun Jan 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरको ठोस्ने खोला सडकमा धुलो उडाएपछि कारवाही गर्ने वडाध्यक्षको चेतावनी



चापागाँउ

दक्षिण ललितपुरको बिर्केधारा दलचोकी ठोस्ने खोला सडकमा अत्याधिक धुलो उडाएको भन्दै कोञ्ज्योसोम २ दलचोकीका वडाध्यक्ष तिकबहादुर भोम्जनले याङ्ला कन्ट्रक्सनलगायतलाई सूचनामार्फत चेतावनी दिएका छन् ।

पछिल्लो समय विर्केधारा सडक विस्ता भइरहेको छ । सडक विस्तारका क्रममा निर्माण कम्पनीले धुलो नियन्त्रणका लागि पानी राखेर काम गर्नु पर्नेमा त्यसो नगरेको स्थानीयबासीको अत्याधिक गुनासो आएपछि चेतावनी दिएको वडाध्यक्ष भोम्जनले ललितखबरलाई बताए । भने, ‘पछिल्लो समय दहत्तर बहत्तर (बाढीले खोलामा बगाएको ढुंगा उत्खनन) कार्यका लागि टिपर चलेका छन् । टिपरले सडकमा धुलो उडाउदा यहाँको अन्नबालीसँगै स्थानीयको जनजीवनमा असर परेको छ ।’
दक्षिण ललितपुरका बस्तीमा साधुरा धुले सडकका कारण यहाँ हिडडुल गर्न कठीन छ । यहाँका जनप्रतिनिधिहरुले सडक पुर्वाधार निर्माण र सुधारका लागि साखै काम नगरेको गुनासो सुनिन्छ ।

 

प्रकाशित मिति : १२ माघ २०८२, आइतबार  ११ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।