काठमाडौं
राजधानीको एक चलचित्र भवनमा आयोगित कार्यक्रममा अभिनेत्री आना शर्मा धिरज गुरुङसँगै हात समातेर झुल्किइन् । लामो समयपछि सार्वजनिक कार्यक्रममा देखिएकी शर्मा चलचित्रको ट्रेलर सार्वजनिक गर्न सफल भएको भन्दै हर्ष व्यक्त गर्दै थिइन् । त्यसो त उनी यो चलचित्रको कार्यकारी निर्माता समेत हुन् ।

अभिनेत्री शर्मालाई अभिनेता धिरजसँग काम गर्ने रहर रहेछ । उनले पत्रकारहरुसँग आफ्नो अनुभव साट्दै भनिन्, ‘लामो प्रतिक्षापछि धिरजसँग काम गर्न पाउदा खुशी छु ।’
अभिनेता मगर पनि निर्देशक सुदिप्ताले चलचित्रको स्टोरीलाइन सुनाउदा नै मन परेको बताए । भने, ‘चलचित्र फरक र विषेश बनेको छ ।’
निर्देशक सुदिप्ताले प्रेम कथानक चलचित्रलाई केही फरक दृष्टिकोणका साथ पस्केको बताइन् । नेपालमा प्रेम र विछोडका कथालाई सधै पुरुषको दृष्टिकोणबाट मात्रै देखाइने गरिएको सन्दर्भ उल्येख गर्दै महिलाहरुको पिडालाई चलचित्रको पर्दामा उर्तानु जरुरी रहेको बताइन् । भनिन्, ‘महिलाहरुको विछोडका कथाव्यथा भन्न जरुरी छ ।’








प्रतिक्रिया