१३ माघ २०८२, सोमबार | Mon Jan 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


चलचित्र ‘कुमारी’ ट्रेलर रिभ्यु : मिठास भरिएको लभस्टोरी



 

ललितखर\ललितपुर

पछिल्लो पुस्ताले लभस्टोरी समेटिएका चलचित्र हेर्न नपाएको धेरै भयो । सोसल ड्रामा र एक्सन विधाका चलचित्र हेरेर वाक्क भएको युवा पुस्ताका लागि एउटा नौलो स्वादको चलचित्र कुमारी माघ २३ गतेबाट देशभरका चलचित्र भवनहरुमा प्रर्दशनको तयारीमा छ ।

ट्रेलरबाटै बुझ्न सकिन्छ ‘कुमारी’ एउटा मिठास भरिएको प्रेमकथामा आधारित चलचित्र हो । ट्रेलरको दृश्यले कथा मात्रै होइन । थुप्रै संवेदनालाई पर्दामा प्रष्ट देखाएको छ ।

हुन त टे«लरमै अभिनयशैलीको कुरा गर्नु अलि हतारो होला । तर पनि ‘कुमारी’को टे«लरमै पात्रहरुको अभिनयशिल्प प्रष्ट देखिएको छ । नायक अभिषेक र आकृतिको अभिनय हामीले हेरिरहेको चलचित्रभन्दा भिन्न छ । उनीहरुको अभिनय कुनै नयाँ कलाकारको जस्तो लाग्दैन । लाग्छ, उनीहरु वर्षैदेखि चलचित्रमा अभिनय गरिरहेका कलाकारहरु हुन् । अभिषेकको संवाद केही नौलो सुनिन्छ । उनले दृश्यहरुमा आक्रोस र आवेगलाई मिठो पारामा पस्केका छन् । आकृतिले आफूभित्रको इमोसनलाई दृश्यहरुमा खन्याएकी छिन् । दुवैको अभिनय भन्न अनि मिठो छ ।

फरक तरिकाबाट कथा भन्न माहिर निर्देशक दिनेश राउतको लभस्टोरीको नयाँ स्वाद चाख्न पक्कै पाइन्छ । अभिनेता अभिषेक र अभिनेत्री आकृति दुवै डेव्यु कलाकार लिएर निर्देशकले नयाँ काम गरिरहेको ट्रेलरमा प्रष्ट देखिन्छ । लभस्टोरी फिल्ममा कथा मात्रै होइन निर्देशकले कलात्मक तारिकाबाट मनोभावना पोख्नुपर्छ । दिनेश यो काममा असाध्यै सिपालु छन् । ट्रेलरमा निर्देशक राउतको कामको अनुभव गर्ने ठाँउहरु धेरै छन् । ट्रेलर हेरिरहँदा ‘कुमारी’ पक्कै लभस्टोरी फिल्मको मास्टरपिस छ भन्ने अनुमान गर्न सकिन्छ ।
लभस्टोरी चलचित्रमा रोमान्स हेर्ने आदत बसेको युवाहरुका लागि ‘कुमारी’को ट्रेलरमा मिलनसँगै विछोडका दृश्यहरु पनि उत्तिकै छन् । यसैबाट बुझ्न सकिन्छ चलचित्रलाई फरक तरिकाले पनि उत्सुकता जगाउन सकिन्छ ।

नयाँ अनि सुकिलो विदेशी बान्की परेको अनुहारले नायकको रुपमा अभिषेक नेपाली चलचित्र क्षेत्रका लागि फरक नायकको उदय हुने आशा गर्न सकिन्छ । उमाक्त हाँसो,निर्दोष अनुहारले एउटा फ्रेस चरित्रमा फिट नायिका आकृति चलचित्र क्षेत्रले पाएको छ ।

अंग्रेजी संवादले युवाहरुको भावभंगी र मनोदशालाई बुझाउन कोसिस गरिएको छ । ट्रेलरमा कलात्मक पक्ष पनि उत्तिकै राम्रो छ । पृष्ठभूमिमा मिठो पाश्संगीत सुनिन्छ । संवादसँगै कथ्यशैली फरक र्हेको अनुभूति हुन्छ । विछट्टै राम्रो नाच्न जानेका अभिषेक र आकृतिको नृत्य आर्कषक छ । रंग संयोजन र क्यामेरा एंगल पनि नौलो छ । पाटनका परम्परागत गल्ली र काठमाडौंको झिमिमिली दृश्यले ट्रेलरको दृश्य खुलेको छ ।
भिन्न र मिठो कथा पस्कने विकास सुवेदीको शैलीबाट परिचित दर्शकले चलचित्र कुमारीबाट धेरै आशा राख्नु स्वभाविक छ ।

प्रकाशित मिति : १३ माघ २०८२, सोमबार  ११ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।