काठमाडौं
गायक तथा अभिनेता प्रकाश सपुत राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।
उनले रास्वपामा प्रवेश गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
सपुतले पार्टी सभापति रवि लामिछाने र वरिष्ठ उपाध्यक्ष बालेनसँगको फोटो सार्वजनिक गर्दै आफ्नो व्यक्तिगत राजनीतिक आस्था र विचारको कदर गर्दै, कसैलाई अपमान र अनादर नगर्ने प्रतिबद्धतासहित नयाँ समय र नयाँ आन्दोलनको सम्बोधन गर्न नयाँ राजनीतिक शक्ति स्थापित गराउन खुलेर सरिक हुने÷सहयोग गर्ने निधो गरेको जानकारी दिएका छन् ।
उनले लेखेका छन्, ‘विभिन्न दलमा आस्था राख्ने थुप्रै दर्शक श्रोताको मन दुखाएर तपाईहरूसँग हातेमालो गर्दैछु । पेशा र व्यावसायिक हिसाबले यो मेरो जीवनकै कठोर निर्णय हो । मेरो यो कठोर निर्णय गलत सावित हुने छैन भन्नेमा मलाई विश्वास छ’
रास्वपाले प्रकाशलाई २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ दलित कोटाबाट उम्मेदवार बनाएको थियो ।
केही समयअघि पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेपछि उनको सर्वत्र आलोचना भएको थियो ।
१३ माघ २०८२, सोमबार
4
Shares








प्रतिक्रिया