ललितपुर
सामान्यता चलचित्र प्रर्दशन भएपछि दर्शकले सित्तैमा युट्युवमा हेर्न लामो समय कुर्नुपर्छ । नेपालमा प्रर्दशन, विदेशका विभिन्न ठाँउमा प्रर्दशन भएपछि ओटिटी प्लेटफामबाट पनि निर्माता पैसा कमाउन लोभिन्छन् । युट्युवले दिने थोरै पैसाले गर्दा धेरै चलचित्र दर्शकसम्म पुगेको हुन्न ।
तर गत वैशाख २६ गतेबाट प्रर्दशनमा आएको सुपरहिट चलचित्र उनको स्वीटर गतसाता युट्युवमार्फत सार्वजनिक भयो । देशभर ५१ दिन मनाएको यस चलचित्रले ११ करोड ४१ लाखभन्दा बढी रकमको व्यापार गरेको थियो । भारतमा समेत झण्डै अढाई करोड व्यापार गरेको चलचित्र उनको स्वीटर युट्युवमा समेत दर्शकले रुचाउदै सिक्वेलको माग गरेका छन् । चलचित्रको कमेन्ट सेक्सनमा हजारौं दर्शकले राम्रो प्रतिकृया दिइरहेका छन् ।
गतविहीबार सार्वजनिक भएको यो चलचित्र सात दिनमा ६६ लाख ८७ हजारभन्दा धेरै दर्शकको नगर पार्न सफल भएको छ ।
नवीन चौहानको निर्देशनमा बनेको यस चलचित्रमा लिम्बु समाजको रैथाने कथालाई मिठो शैलीमा प्रस्तुत गरिएको छ । अभिनेता विपिन कार्कीको अलौकि कलामा मिरूना मगरको पाखा पखेराको मौलिक अभिनयको दर्शकले तारिफ गरेका थिए ।
युट्युवमा समेत दर्शकको आइरो लागेपछि कलाकार विपिन कार्कीले बुधबार सामाजिक सञ्जालमा भिडियो पोष्ट दर्शकहरूप्रति आभार व्यक्त गरेका छन् । उनले भनेका छन््, ‘मायाको लागि गहिरो छ।’
चलचित्रमा विपिनसँग मिरूना मगर, एलेक्स पारस, परीक्षा लिम्बू, विल्सन विक्रम राई (तक्मे बुढा), सुनिल पोखरेल, सुरज तमु, भावना खपाङ्गी, माओत्से गुरुङ, प्रेम सुब्बा लगायतले अभिनय गरेका छन् ।
नेतृ








प्रतिक्रिया