ललितपुर
हास्यकलाकार हिमेश पन्तले एमाले सचिव महेश बस्नेत र उनको टिमबाट धम्की आएको भन्दै आफ्नो ज्यान वा सुरक्षाको जिम्मा लिनुपर्ने जिकिर गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन् – ‘म डराएर चुप लाग्ने होइन, तर कानुनभित्र बसेर सत्य बोल्ने आफ्नो अधिकारबाट पछि हट्ने पनि छैन ।’
एनले स्टाटसमार्फत सचिव बस्नेतले भाषणहरूमा बारम्बार आफूमाथि झुटा आरोप लगाएको लेखेका छन् ।
कलाकार पन्तको भनाई जस्ताको त्यस्तै :
देशमा कानुनी राज्य छ।
कानुनको परिधिभित्र रहेर बोल्न, विचार राख्न, वयपभ–कबतष्चभ गर्न, आलोचना र विरोध गर्न पाउनु नागरिकको मौलिक अधिकार हो। यो कुरा ःबजभकज द्यबकलभत जस्तो एमालेको सचिव पदमा बसेका व्यक्तिलाई थाहा नहुने कुरा होइन।
तर पछिल्लो समय उहाँले सार्वजनिक भाषणहरूमा बारम्बार झुटा आरोपसहित मेरो नाम लिँदै आएको म स्पष्ट रूपमा देख्दै र सुन्दै आएको छु।
विचार राख्नु अपराध होइन, तर झुटा आरोप लगाएर डर देखाउनु लोकतन्त्रको लक्षण होइन।
आज म आफ्नो विचार खुल्ला रूपमा राख्दै गर्दा महेश बस्नेतको टिमबाट घम्की आएको जानकारी पाएको छु।
यो अत्यन्त गम्भीर विषय हो।
यदि अबदेखि मेरो ज्यान वा सुरक्षामा कुनै पनि प्रकारको क्षति, खतरा वा अनहोनी भयो भने,
यसको पूर्ण नैतिक र कानुनी जिम्मेवारी महेश बस्नेत र उहाँको टिमले लिनुपर्नेछ भन्ने कुरा म स्पष्ट रूपमा अभिलेख गराउन चाहन्छु।
म डराएर चुप लाग्ने होइन,
तर कानुनभित्र बसेर सत्य बोल्ने आफ्नो अधिकारबाट पछि हट्ने पनि छैन।








प्रतिक्रिया