काठमाडौँ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन दिएर रु ८० लाख ठगेको अभियोगमा ललितपुरका रामकुमार राई तीन जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार बिहीबार ती अभियुक्तहरुलाई सार्वजनिक गर्दै आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागलाई बुझाइएको छ ।
प्रहरीका अनुसार अभियुक्तत्रय महोत्तरी सम्सीपालिका १ जटाधर राउत, सोलुखुम्बुको थुलुङपालिका ३ का थमराज नेपाली र ललितपुरको महालक्ष्मी नगरपालिका १ का रामकुमार राईलाई पाँच जना पीडितबाट उक्त रकम ठगेका हुन् ।
अभियुक्तहरुले बेलायत र रोमानियामा आकर्षक तलब पाइने भन्दै पीडितहरुबाट विभिन्न समयमा लाखौँ रुपैयाँ लिएका थिए ।








प्रतिक्रिया