१४ फाल्गुन २०८२, बिहिबार | Fri Feb 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘परालको आगो’को पोस्टरमा सुहाना, सौगात र प्रकाशको अनौठो अवतार



 

नेपाली चलचित्र क्षेत्रका बहुप्रचिभाशाली कलाकार हुन् सौगात मल्ल । गायक हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेका प्रकाश सपुतको चर्चा पनि कम छैन । नयाँ पुस्ताकी अभिनेत्री सुहाना थापाको पनि सिने बजारमा बेग्लै छोडेकी छन् ।
तीनै कलाकार निर्माणाधिन चलचित्र ‘परालको आगो’को पोस्टरमा अनौठो अवतारमा देखिएका छन् ।
परम्परागत अभिनय रहेको छनक देदिे सुहानाको सिउँदोमा सिन्दुर,अनि निधारमा टीका छ । पोस्टरमा उनको मन खुशी छैन भन्ने भाव झल्किन्छ। यता प्रकाश सपुत घुम ओडेर रसिला आँखा पारेका छन्। प्रकाश र सौगात मल्लको अनुहार रुन्चे देखिन्छ। यि तिनै पात्रले चलचित्रको कथावस्तु रहस्यमय र सामाजिक द्वन्द्वमा आधारित रहेको संकेत गरेको छ।
आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘परालको आगो’का पोस्टरमा उनीहरु गम्भीर भावभंगिमामा देखिन्छन्।
यस चलचित्रमा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, किशोर भण्डारी,ज्याक श्रेष्ठ,सरिता भण्डारी,रेणु न्यौपाने,बाल कलाकार मन्जिला बाँनिया लगायतले अभिनय गरेका छन्। लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको यो चलचित्रमा ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक संघर्षलाई चलचित्रले गरिएको छ।
हरि ॐ सिने मेकर्स प्रा.लिको निर्माणमा बनेको यस चलचित्रका निर्माता सुशील पोखरेल हुन्।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहिबार  १० : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।