
ललितखबर
ललितपुरको दक्षिणपुर्वी क्षेत्रमा अवस्थित दुर्गम महाँकाल गाँउपालिकाकी उपाध्यक्ष डोल्मामाया गोलेले मासिक तलव भत्ता नलिने घोषणा गरेकी छन् ।
महिला दिवसमा दुई सङ्कल्प सार्वजनिक गर्दै उनले महिला दिवसको अवसरमा आमा, दिदी, वहिनीलाई साँची राखेर आफूले राज्यबाट पाउँने तलव भत्ता वापतको रकम अबदेखि नलिने र माषिक रुपमा आउने तलव भत्ता बापतको रकम जेष्ठ नागरिक, अपाङ्गता, महिला, किसान, शिक्षक, युवा, स्वास्थ्य स्वयमसेविका लगायत क्षेत्रमा खर्च गरिने घोषणा गर्ने बताएकी हुन्।
अन्र्तराष्टिय महिला दिवसको सन्दर्भ पारेर उपाध्यक्ष गोलेले सामाजिक सञ्जालमार्फत आफूले प्रयोग गर्दै आएका सरकारी सवारी साधन समेत परिवारमा कोहि साहारा नभएका जेष्ठ नागरिक, अपाङ्ग भएको अत्ति विपन्न नागरिकहरु सरकारी सेवा लिन पालिका र वडा आउन जानका लागि र मासिक वृद्ध भत्ता लिन पालिका केन्द्रको बैकसम्म लिन र लैजान प्रयोगमा ल्याउने काममा प्रयोग गर्ने घोषणा गरेकी छन् । उपाध्यक्ष गोलेको घोषणाबाट दुर्गम क्षेत्रका विपन्न महिलाहरुले सेवा पाउने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया