कमेडी तथा सामाजिक विषयबस्तुमा आधारित चलचित्र ‘हामी तीन भाइ’ आजदेखि देशभरका चलचित्र भवनहरुमा प्रदर्शनमा आएको छ ।
इो चलचित्र देशभरका १ सय भन्दा बढि शो सहित प्रदर्शनमा आएको हो।
चलचित्रले दर्शकलाई सामाजिक कथामा कमेडी,पारिवारिक खटपट तथा सन्देश पनि दिने निर्माण पक्षले जनाएको छ। चलचित्रलाई मधुसुदन भट्टराईले निर्देशन गरेका हुन्। केहि दिनअघि चलचित्र केन्द्रिय जाँचपास समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट पाइसकेको यो चलचित्रलाई सबै उमेरका दर्शकले चलचित्र हेर्न पाउने छन्।
त्यो भएर पनि निर्देशक भट्टराई चलचित्रलाई लिएर उत्साहित छन्। नेपाली चलचित्रका दर्शकको खडेरी परेको समयमा यो चलचित्रले दर्शक हलमा तान्न सक्ने निर्माण पक्षको विश्वास छ।
तीन दाजुभाईबीचको सम्बन्ध,उनीहरुबीचको मनमुटावका साथै चलचित्रमा रोचक ढंगले प्रस्तुत गरिएको दर्शकले पाउने छन्। कमेडी तथा सामाजिक कथामा आधारित यस चलचित्रमा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत,फलित राई, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा (हर्के हल्दार(, विकास चापागाइँ शुष्मा निरौला, यादव देवकोटा (सरापे),अन्जु हमाल,तारा शर्मा,पवन केसी, रमा बिष्ट, विरेन श्रेष्ठ,शुष्मा जिम्बा,खिन्न बहादुर भण्डारी (भोले),गोविन्द प्रसाद पौडेल,भुमिका गिरी,टेकराज पौडेल,अमृतमान महर्जन लगायतको अभिनय दर्शकले हेर्न पाउने छन्।
प्रसिद्धि सिने आट्र्स प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई त्रिरन्त श्रेष्ठ र मनोज श्रेष्ठले निर्माण गरेका हुन्। विक्रम तामाङ कार्यकारी निर्माता रहेको यस चलचित्रमा सह–निर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे विशेष सहयोगी शम्भु कुमार केसी रहेका छन्।
साजित महत प्रस्तुतकर्ता रहेको यस चलचित्रको पटकथा तथा सम्वाद पछिल्लो समयका व्यस्त लेखक शिवम् अधिकारीले लेखेका हुन्। शिव ढकालको छायांकन,बनिश शाहको सम्पादन रहेको यस चलचित्रका गीतमा संगीतमा साप शक्ति,बाबुल गिरीले दिएका छन्। नृत्य निर्देशन कमल राई, इन्द्र देव महर्जनले गरेका छन् भने चलचित्रको पाश्र्व संगीतमा सम्राट थापा,ध्वनी मिश्रणमा मुकेश शाह,रंग संयोजक रेनिश फागोको छ।
चलचित्रको मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञानकुमार कट्टेलले गरेका छन्। चलचित्रमा द्वन्द्ध निर्देशन देव महर्जनले गरेका छन भने ग्राफिक्स एक्स समिर मिया,कला निर्देशक दिनेश लामा ‘गैंडा’,निर्माण नियन्त्रक सन्देश राई (भान्जा)को छ। यस चलचित्रको पोस्ट प्रोडक्सनको काम मोसन स्टूडियोले गरेको छ भने चलचित्रलाई नेशनल सिने ग्रुप प्रालिले वितरण गर्दैछ भने डिजिटल पार्टनर ओएसएआर डिजिटल रहेको छ। यो चलचित्रलाई लिएर निर्माण पक्ष निकै उत्साहित रहेको छ। किनभने यस चलचित्रको पोस्टर,टिजरदेखि ट्रेलरसम्मलाई दर्शकले रुचाएका छन्। अब चलचित्रलाई पनि दर्शकले रुचाउनेमा निर्माण पक्ष ढुक्क देखिएको छ।







प्रतिक्रिया