ललितखबर
चलचित्रको अनुहार हो पोस्टर । चलचित्रको पोस्टरले सिङ्गो चलचित्र बोलिरहेको हुन्छ । हुन त चलचित्रको पोस्टर यस्तै हुनुपर्छ भन्ने विश्वव्यापी मान्यता छैन । चलचित्र चलाउन पोस्टरलाई मसलाको रुपमा प्रयोग भइरहेको देखिएकै हो ।
पछिल्लो समय चलचित्र ‘रामनाम सत्य’को सिने बृत्तमा चर्चा छ । यही चैत्र २७ गतेबाट नयाँ बर्षको पुर्वसन्ध्यामा प्रर्दशनको तयारीमा रहेको चलचित्रको पोस्टरबारे पनि चलचित्रकर्मीबीच खासखुस चर्चा सुनिन्छ ।
विभिन्न म्युजिक भिडियोमार्फत चलचित्रमा पाइला टेकेका डेव्यु निर्देशक माइकल चन्दले दुई कलाकार डेव्यु गराए । टिकटकर आनुषसिंह ठकुरी र नेहा शाह । निर्देशक चन्दले
टिकटकमा चर्चा कमाएका ठकुरीलाई एकै पल्ट पोस्टरमै अटाएका छन् ।
आयुश टिकटकबाट चर्चामा आएको नाम हो । पाकिस्तानी युवतीसंग विवाह गरेपछि उनको चर्चा अझ चुलियो । यस बाहेक उनको अभिनय अनुभव शुन्य जस्तै छ । यो सिनेमाबाटै साम्राज्ञी आरएल शाहकी आमा नेहा शाहले समेत डेब्यु गर्दैछिन् ।
यो त भयो डेब्युको कुरा । यस सिनेमामा अन्य कलाकार पनि छन जसको अभिनयको चर्चा मात्रै होईन एक्लैले सिनेमा धानेर सफल समेत बनाएका छन । नायिकाहरुकै कुरा गर्दा पनि दिब्या रायमाझी पछिल्लो समयकी चर्चित नायिका हुन् । करियरको सुरुवाती दिनमा रहे पनि उनको क्रेज लोभलाग्दो छ । सुपुष्पा भट्टको अभिणयको तारिफ हरेक पटक हुने गरेको छ । फेरि रेसम फिलिली होस या चपली हाईट तीनलगायत अन्य सिनेमामा पनि उनको कामको तारिफ खुलेरै हुने गरेको छ । अब सिनेमामा प्रशान्त ताम्रकार पनि छन जो ह्यान्ड्सम भिलेनको नामले चर्चित छन ।
तर डेब्यु निर्देशन भएर हो या त चर्चाको भोकले या सही सल्लाहकार अभाव नै, सिनेमाको पोस्टरमा बिराज भट्ट र सुशील श्रेष्ठको साथमा आयुश अटाएका छन् । महिला कलाकारको महत्वपुर्ण रोल नभएर हो या महिलालाई कम आँकेर हो, पोस्टरमा लिडमा रहेकै नायिका नै अटाएनन् । त्यसो त बिराजलाई कुरिरहेको ट्रेलर रिलिज कार्यक्रममा नायिकाहरुको बेवास्था गरिएको सत्य पनि हाम्रै अघि छ । तर नायिकाहरु र प्रशान्त नआटेको पोस्टरमा आयुश भने अटे । सम्भवत उनको सामाजिक सञ्जालमा क्रेज देखेरै पोस्टरमा अटाईएको होला । तर यसले सोलो प्रर्दशन हुँदै गरेको सिनेमा प्रति समिक्षकको नजरले कहि न कतै कम आक्ने ठाउँ भने पाएको छ ।
चलचित्रको प्रमोसन कार्यक्रममा पत्रकारले पश्न उठाउदा अभिनेता विराज भट्टले एउटै नायकले पनि पोस्टर धन्ने क्षमता राख्ने तर्क गरे । पोस्टरमा अटाएका आयुष कार्यक्रममा पत्रकारहरुको प्रश्न पनि स्वभाविक थियो । विरामी भएको कारण उनी कार्यक्रममा सहभागी नभएको निर्देशक चन्दले जवाफ फर्काएका छन् ।
त्यसो त नकारात्मक प्रतिकृया दिने ब्यक्ति माथि सामुहिक आक्रमण त भइ नै रहेको छ । यस्तोमा निर्माण टिमले सोचेरै निर्णय गरेको होला। तर यस्ता चर्चाको भोकले सोलो ब्यापारको अवसरलाई समेत सदुपयोग हुन दिएन भने भन्ने प्रश्न चिन्न चै खडा हुनेरहेछ ।
सिनेमामा बिराज भट्ट मुख्य भुमिकामा छन भने अन्य धेरै कलाकार रहेको यो सिनेमालाई मल्टीस्टारर सिनेमा समेत भन्न सकिन्छ ।
त्यसो त नकारात्मक प्रतिकृया दिने ब्यक्ति माथी सामुहिक आक्रमण त भैइ नै रहेको छ । यस्तोमा निर्माण टिमले सोचेरै निर्णय गरेको होला । तर यस्ता चर्चाको भोकले सोलो ब्यापारको अवसरलाई समेत सदुपयोग हुन दिएन भने ? भन्ने प्रश्न चिन्ह चै खडा हुनेरहेछ ।








प्रतिक्रिया