काठमाडौँ
अदालती झमेला र विभिन्न विवादबीच प्रर्दशनमा आएको चलचित्र ‘लालीबजार’ सुपरहिटको बाटोमा अघि बढेको छ । गत वैशाख २५ गतेबाट प्रर्दशनमा आएको यस चलचित्रले १५ दिनभित्र रु पाँच करोड ७६ लाख ३९ हजार ४७१ व्यापार गरेको छ ।
अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’ ले गत शनिबारसम्म रु पाँच करोड ७६ लाख ३९ हजार ४७१ कमाइ गरेको हो । उक्त चलचित्रका लागि कूल एक लाख ९६ हजार ४०६ टिकट बिक्री भएका छन् । गत वैशाख २५ गतेदेखि नेपालभरका चलचित्र भवनमा प्रदर्शनमा आएको उक्त चलचित्रले घरेलु बजारमा पाएको सफलताले उत्साहित भएको कार्यकारी निर्माता प्रदीप भट्टराईले जानकारी दिएका छन्।
चलचित्र विकास बोर्डले चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गतको ‘सिनेपा २ बक्स अफिस’ ले प्रदर्शनरत नेपाली चलचित्रको यही जेठ ९ गते शनिबारसम्मको व्यावसायिक विवरण आज सार्वजनिक गरेको हो । सार्वजनिक तथ्याङ्कअनुसार लक्ष्मण सुनारको निर्देशनमा तयार भएको चलचित्र ‘परालको आगो’ ले रु चार करोड २७ लाख ५३ हजार ६४५ कमाइ गरेको छ । सुशील पोखरेलले निर्माण गरेको उक्त चलचित्रका लागि एक लाख ५३ हजार ९२५ टिकट बिक्री भएका छन् । गत वैशाख ११ गतेदेखि प्रदर्शन भएको उक्त चलचित्रमा प्रकाश सपुत, सुहाना थापा, सौगात मल्ल, सिर्जना अधिकारीलगायतका कलाकारले अभिनय गरेका छन् ।
उ“हामीले घरेलु दर्शकबाट पाएको मायाले कृतज्ञ भएका छौँ । यसपटक हामीले सामाजिक दायित्वका रुपमा मनोरञ्जनसँगै शिक्षाको ज्योतिले समाज र व्यक्तिमा पार्ने प्रभावलाई देखाएका थियौँ, दर्शकले रुचाउनुभयो । आगामी दिनमा हामीलाई यस किसिमका सामाजिक विषयमा चलचित्र निर्माण गर्न हौसला प्राप्त भएको छ ।” उनले भने ।
उनका अनुसार नेपालभर नै विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको जीवन्त अभिनयलाई दर्शकले मुक्तकण्ठले तारिफ गरेका छन् । उक्त चलचित्रमा अभिनेत्री खड्कासँगै रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा, प्रसंशा सुवेदीलगायतका कलाकारको अभिनय रहेको छ ।
गत वैशाख २५ गतेदेखि नै प्रदर्शनरत नेपाली चलचित्र ‘मालती मङगले’ ले रु ५१ लाख ६३ हजार ५९३ व्यापार गरेको छ । उक्त चलचित्रका लागि कूल १६ हजार १३७ टिकट बिक्री भएका छन् । गायक रामकृष्ण ढकालले निर्माण गर्नुभएको उक्त चलचित्रमा वर्षा राउत, विजय बराल, मेक्सम गौडेललगायतका कलाकारले अभिनय गरेका छन् छ । प्रकु पाण्डेयले निर्देशन गर्नुभएको उक्त चलचित्रले घरेलुबजारमा राम्रो कमाइ गर्न सकेको छैन ।
वैशाख २५ मै प्रदर्शन भएको तेस्रो चलचित्र ‘गुरु आमा’ ले रु २९ लाख ४२ हजार ५७६ व्यापार गरेको छ । उक्त चलचित्रका लागि कूल नौ हजार ३२७ टिकट बिक्री भएका छन् । प्रेम सोनी सुनारले निर्देशन गरेको उक्त चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, बुद्धि तामाङ, टिका सानु, सुस्मा थापा, सुशील पोखरेल, धु्रव कोइराला, उत्तम केसी, गिरीबहादुर पुन लगायतका कलाकारले अभिनय गरेका छन् ।
गत जेठ १ गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र ‘एक मुठ्ठी बादल’ ले रु पाँच लाख २१ हजार ८२५ कमाइ गरेको छ । सहारा शर्माले निर्देशन गरेको उक्त चलचित्रका लागि कूल एक हजार ५०५ टिकट बिक्री भएका छन् । उक्त चलचित्रमा अभिनेत्री आँचल शर्मा, सहयोग अधिकारी, उषा रजक, निशा शर्मालगायतले अभिनय गरेका छन् ।
गत जेठ १ मै प्रदर्शन भएको चलचित्र ‘लाइफ ड्यामेज’ ले रु २८ लाख ४६ हजार १७० कमाइ गरेको छ । निमेष श्रेष्ठले निर्देशन गरेको उक्त चलचित्रका लागि कूल नौ हजार २४१ टिकट बिक्री भएका छन् । ‘फेन्टासी कमेडी ड्रामा’मा निर्माण गरिएको उक्त चलचित्रमा सुरक्षा पन्त, निमेष श्रेष्ठ, ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनीशजङ्ग थापा, अजय पन्त, सविन बास्तोला र निरु खड्कालगायत कलाकारहरूले अभिनय गरेका
छन् । चलचित्र विकास बोर्डले प्रत्येक सोमबार नेपाली चलचित्रले गरेको कमाइको विवरण सार्वजनिक गर्ने गरेको छ ।चलचित्र ‘लालीबजार’को बक्सअफिस कलेक्सन झण्डै ६ करोड
काठमाडौँ
अदालती झमेला र विभिन्न विवादबीच प्रर्दशनमा आएको चलचित्र ‘लालीबजार’ सुपरहिटको बाटोमा अघि बढेको छ । गत वैशाख २५ गतेबाट प्रर्दशनमा आएको यस चलचित्रले १५ दिनभित्र रु पाँच करोड ७६ लाख ३९ हजार ४७१ व्यापार गरेको छ ।
अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’ ले गत शनिबारसम्म रु पाँच करोड ७६ लाख ३९ हजार ४७१ कमाइ गरेको हो । उक्त चलचित्रका लागि कूल एक लाख ९६ हजार ४०६ टिकट बिक्री भएका छन् । गत वैशाख २५ गतेदेखि नेपालभरका चलचित्र भवनमा प्रदर्शनमा आएको उक्त चलचित्रले घरेलु बजारमा पाएको सफलताले उत्साहित भएको कार्यकारी निर्माता प्रदीप भट्टराईले जानकारी दिएका छन्।
चलचित्र विकास बोर्डले चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गतको ‘सिनेपा २ बक्स अफिस’ ले प्रदर्शनरत नेपाली चलचित्रको यही जेठ ९ गते शनिबारसम्मको व्यावसायिक विवरण आज सार्वजनिक गरेको हो ।
सार्वजनिक तथ्याङ्कअनुसार लक्ष्मण सुनारको निर्देशनमा तयार भएको चलचित्र ‘परालको आगो’ ले रु चार करोड २७ लाख ५३ हजार ६४५ कमाइ गरेको छ । सुशील पोखरेलले निर्माण गरेको उक्त चलचित्रका लागि एक लाख ५३ हजार ९२५ टिकट बिक्री भएका छन् । गत वैशाख ११ गतेदेखि प्रदर्शन भएको उक्त चलचित्रमा प्रकाश सपुत, सुहाना थापा, सौगात मल्ल, सिर्जना अधिकारीलगायतका कलाकारले अभिनय गरेका छन् ।
उ“हामीले घरेलु दर्शकबाट पाएको मायाले कृतज्ञ भएका छौँ । यसपटक हामीले सामाजिक दायित्वका रुपमा मनोरञ्जनसँगै शिक्षाको ज्योतिले समाज र व्यक्तिमा पार्ने प्रभावलाई देखाएका थियौँ, दर्शकले रुचाउनुभयो । आगामी दिनमा हामीलाई यस किसिमका सामाजिक विषयमा चलचित्र निर्माण गर्न हौसला प्राप्त भएको छ ।” उनले भने ।
उनका अनुसार नेपालभर नै विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको जीवन्त अभिनयलाई दर्शकले मुक्तकण्ठले तारिफ गरेका छन् । उक्त चलचित्रमा अभिनेत्री खड्कासँगै रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा, प्रसंशा सुवेदीलगायतका कलाकारको अभिनय रहेको छ ।
गत वैशाख २५ गतेदेखि नै प्रदर्शनरत नेपाली चलचित्र ‘मालती मङगले’ ले रु ५१ लाख ६३ हजार ५९३ व्यापार गरेको छ । उक्त चलचित्रका लागि कूल १६ हजार १३७ टिकट बिक्री भएका छन् । गायक रामकृष्ण ढकालले निर्माण गर्नुभएको उक्त चलचित्रमा वर्षा राउत, विजय बराल, मेक्सम गौडेललगायतका कलाकारले अभिनय गरेका छन् छ । प्रकु पाण्डेयले निर्देशन गर्नुभएको उक्त चलचित्रले घरेलुबजारमा राम्रो कमाइ गर्न सकेको छैन ।
वैशाख २५ मै प्रदर्शन भएको तेस्रो चलचित्र ‘गुरु आमा’ ले रु २९ लाख ४२ हजार ५७६ व्यापार गरेको छ । उक्त चलचित्रका लागि कूल नौ हजार ३२७ टिकट बिक्री भएका छन् । प्रेम सोनी सुनारले निर्देशन गरेको उक्त चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, बुद्धि तामाङ, टिका सानु, सुस्मा थापा, सुशील पोखरेल, धु्रव कोइराला, उत्तम केसी, गिरीबहादुर पुन लगायतका कलाकारले अभिनय गरेका छन् ।
गत जेठ १ गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र ‘एक मुठ्ठी बादल’ ले रु पाँच लाख २१ हजार ८२५ कमाइ गरेको छ । सहारा शर्माले निर्देशन गरेको उक्त चलचित्रका लागि कूल एक हजार ५०५ टिकट बिक्री भएका छन् । उक्त चलचित्रमा अभिनेत्री आँचल शर्मा, सहयोग अधिकारी, उषा रजक, निशा शर्मालगायतले अभिनय गरेका छन् ।
गत जेठ १ मै प्रदर्शन भएको चलचित्र ‘लाइफ ड्यामेज’ ले रु २८ लाख ४६ हजार १७० कमाइ गरेको छ । निमेष श्रेष्ठले निर्देशन गरेको उक्त चलचित्रका लागि कूल नौ हजार २४१ टिकट बिक्री भएका छन् । ‘फेन्टासी कमेडी ड्रामा’मा निर्माण गरिएको उक्त चलचित्रमा सुरक्षा पन्त, निमेष श्रेष्ठ, ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनीशजङ्ग थापा, अजय पन्त, सविन बास्तोला र निरु खड्कालगायत कलाकारहरूले अभिनय गरेका
छन् । चलचित्र विकास बोर्डले प्रत्येक सोमबार नेपाली चलचित्रले गरेको कमाइको विवरण सार्वजनिक गर्ने गरेको छ ।

प्रतिक्रिया