ललितखबर

ललितपुर उद्योग वाणिज्य संघको निर्वाचनमा व्यवसायी रोकेश अवालेले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
ललितपुर उद्योग वाणिज्य संघको ४७ औं वार्षिक साधारणसभाअन्तर्गत हुने निर्वाचनका लागि कार्यसमिति सदस्यमा व्यवसायी अवालेले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
यही असोज २३ र २४ गते हुने निर्वाचनमा अवालेले वाणिज्यतर्फबाट कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएको बताएका छन् ।
ललितपुरमा लामो समयदेखि कम्प्युटर तथा सूचना प्रविधिको क्षेत्रमा व्यवसाय गर्दै आएका अवाले इन्फोवेज कम्प्युटर सिस्टमका सञ्चालक तथा गोल्डेन टेम्पल मल्टिबिजनेस प्रालिका निर्देशक हुन् ।







प्रतिक्रिया