
ललितखबर
गोदावरी नगरपालिका ८ डुकुछापको गणेश माविको संरचना निर्माणमा व्यवस्थापन समिती, उपभोत्ता समिती र नगरपालिकाको मिलेमतोमा चरम दुरुपयोग भएको पाइएको छ ।
विद्यालय व्यवस्थापन समिती अध्यक्ष गौत्तम तिमल्सिनाले परिसर निर्माण नगरि विद्यालयमा ट्रस निर्माण गरेको स्थानीय अभिभावनहरुले गुनासो गरेका छन् । गोदावरी नगरपालिकाले रु. १५ लाख विनियोजन गरेको बजेटमा अर्धबार्षिक परिषद्ले योजना संशोधन समेत नगरि गैरकानूनी ढंगले ट्रस निर्माण गरेको पाइएको हो । प्रधानाध्यापक बद्री पौडेल गैरकानूनी व्यवस्थापन अध्यक्षलाई स्वीकार गर्दै नियमविपरित काम भइरहेको अवस्थामा रोकेको देखिन्न ।
एउटा योजनाका लागि भन्दै विनियोजित रु १५ लाख बजेट विद्यालय हाताभित्र ट्रस निर्माण गरेपछि रोक्नु पर्नेमा गोदावरी नगरपालिकाले बजेट फच्यौट समेत गरिसकेको छ । नगरपालिकाले व्यवस्थापन समितीलाई रकम चेक काटेर भुक्तानी दिएको हो ।
विद्यालय व्यवस्थापन समिती अध्यक्ष तिमल्सिना आर्थिक बर्ष २०८१÷८२मा खहरे गणेश मन्दिर मोटरबाटो उपभोक्ता समितीमा समेत बसेर काम गरेका थिए । कानून अनुसार एउटा सरकारी निकायको जिम्मेवारी लिएको व्यक्ति दोहोरी पदमा बस्न पाइदैन । सोही कारण पनि उनले गरेको काम नियमसंगत देखिदैन ।
गौत्तमलाई राजनीतिक प्रभावपछि व्यवस्थापन समितीमा गैरकानूनी रुपमा चुनिएको विषय र तिमल्सिना बहुविवाहको घटनामा जेल सजाय भुक्तान गरेकोले कानूुनी रुपमा अयोग्य भएको भन्दै एक विद्यार्थीले गोदावरी नगरपालिकामा उजुरी समेत दिएकी थिइन् । उजुरीको संन्र्दभमा नगरपालिकाका प्रशासन प्रमुख मानबहादुर खड्काले तोक आदेश समेत दिएका थिए । तर पनि अध्यक्ष तिमल्सिनासँग प्रशासनिक अधिकृतले बजेट कार्यान्वयनसम्म मिलेमतोमा कायम भएपछि आँखा चिम्लेका थिए । ट्रस निर्माणको उपभोक्ता समिती अध्यक्ष हेमबहादुर राई थिए ।
२०८३ वैशाख २० गतेबाट ऐन जारी भएपछि व्यवस्थापन समिती अध्यक्ष निलम्बन भएको भए पनि उनकै अध्यक्षतामा जेठ ८ गते बैठक बसे ट्रस बनाउने निर्णय गरेको कारण पनि कार्यान्वयन अबैध देखिन्छ । विद्यालय व्यवस्थापनको अध्यक्षका लागि न्युनतम् एसएलसि पास हुनुपर्छ । विद्यालयमा वालवालिका पढेको हुनुपर्छ साथै दोहोर पदमा बस्न मिल्दैन । अध्यक्ष गौत्तमले सबै प्रकृया पुरा नगरेको भन्दै स्थानीयस्तरमा गुनासो रहेको छ ।
तत्कालीन उपधोक्ता समिती अध्यक्ष तिमल्सिनाले विद्यालयको परिसर निर्माणभन्दा सिसिटिभि क्यामेरा राख्नका लागि ट्रस राखेर कोठाहरु बनाउदा सुरक्षाको उपभोगिता देखेर काम गरिएको दाबी गरे । उनले नगरपालिकाबाट योजना संशोधन गर्न नपर्ने जानकारी दिएको कारण काम भएको तर्क गर्दै भने, ‘काम भए अनुसार नै भुक्तानी भएको छ ।’ उनले सो विषयमा स्थानीयहरुले उजुरी दिएकोस्वीकार गरेका छन् । प्रधानाध्यापक बद्री पौडेलले आफू सो निर्माणमा संलग्न नभएको ललितखबरलाई जानकारी दिएका छन् ।






प्रतिक्रिया